News Portal

रेडियो सुन्नुहोस्

कतारमा रहेका युवाहरुद्वारा उपचार खर्च स्वरुप पचास हजार सहयोग : विमल सुनार बचाउ अभियान

झुलेनी पाेष्ट २०७९ साउन १९, प्यूठान ।
२८५ पटक
२०७९ साउन १९, प्यूठान ।

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको झिमरुक गाउँपालिका १ सौतामारेका विमल सुनारलाई आर्थिक सहयोग गरिएको छ ।
झिमरुक गाउँपालिका १ सौतामारेबाट रोजगारीको शिलशिलामा कतारमा पुगेका युवाहरुद्रारा संकलन गरिएको नगद रु ५० हजार ५सय ४० रुपैयाँ सहयोग गरिएको हो ।
सहयोग रकम विमल सुनार बचाउ अभियानका लागि कृषि विकास बैंक पुर्कोटदह ब्रान्च शाखामा पठाइएको कतारबाट सन्दिप सुनारले जानकारी दिएको पत्रकार दिपेन्द्र सुनारले बताए ।
साथै सुनारले विमलको सिघ्र स्वास्थ लाभको कामना गर्दै पठाएको उक्त रकम विमलको उपचारमा खर्च गरिदिन पत्रकार सुनारलाई आग्रह गरेका छ्न ।
कतारमा कार्यरत विमलका अंकल पुर्ण सुनार, दाइ सन्दिप सुनार र छिमेकी विनोद बि.क.को बिशेष पहलमा सहयोग रकम संङकलन गरिएको हो । उक्त अभियानमा ४६ जनाले सहयोग गरेका छ्न।
विमल गत असार ६ गते भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । विमलको पहिले भारतको चुडामणि मल्टिस्पेलिस्ट हस्पिटलमा उपचार भएको थियो । भने, अहिले सोनि हस्पिटल हिसारको बिशेष कक्षमा राखी उपचार भइरहेको उनका मामा हुम बहादुर बि.क. ले बताएका छ्न।
आर्थिक हिसाबले विपन्न परिवारमा जन्मिएका विमलको बुवा अहिले परिवारको सम्पर्कमा छैनन् । घरमुली परिवारबाट सम्पर्कविहिन भएपछी परिवारको ऋण तिर्न र परिवारको गुजाराका लागि विमल भारतमा रोजगारीको लागि गएका थिए ।
उपचारमा धेरै रकम लाग्ने हुँदा, त्यसमाथी परिवारको आर्थिक स्थिती कमजोर भएका कारण विभिन्न संङ्घसंस्था र सामाजिक संन्जाल मार्फत आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो ।

प्रतिकृया दिनुहोस्

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...