News Portal

रेडियो सुन्नुहोस्

कतारमा रहेका युवाहरुद्वारा उपचार खर्च स्वरुप पचास हजार सहयोग : विमल सुनार बचाउ अभियान

झुलेनी पाेष्ट २०७९ साउन १९, प्यूठान ।
८५० पटक
२०७९ साउन १९, प्यूठान ।

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको झिमरुक गाउँपालिका १ सौतामारेका विमल सुनारलाई आर्थिक सहयोग गरिएको छ ।
झिमरुक गाउँपालिका १ सौतामारेबाट रोजगारीको शिलशिलामा कतारमा पुगेका युवाहरुद्रारा संकलन गरिएको नगद रु ५० हजार ५सय ४० रुपैयाँ सहयोग गरिएको हो ।
सहयोग रकम विमल सुनार बचाउ अभियानका लागि कृषि विकास बैंक पुर्कोटदह ब्रान्च शाखामा पठाइएको कतारबाट सन्दिप सुनारले जानकारी दिएको पत्रकार दिपेन्द्र सुनारले बताए ।
साथै सुनारले विमलको सिघ्र स्वास्थ लाभको कामना गर्दै पठाएको उक्त रकम विमलको उपचारमा खर्च गरिदिन पत्रकार सुनारलाई आग्रह गरेका छ्न ।
कतारमा कार्यरत विमलका अंकल पुर्ण सुनार, दाइ सन्दिप सुनार र छिमेकी विनोद बि.क.को बिशेष पहलमा सहयोग रकम संङकलन गरिएको हो । उक्त अभियानमा ४६ जनाले सहयोग गरेका छ्न।
विमल गत असार ६ गते भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । विमलको पहिले भारतको चुडामणि मल्टिस्पेलिस्ट हस्पिटलमा उपचार भएको थियो । भने, अहिले सोनि हस्पिटल हिसारको बिशेष कक्षमा राखी उपचार भइरहेको उनका मामा हुम बहादुर बि.क. ले बताएका छ्न।
आर्थिक हिसाबले विपन्न परिवारमा जन्मिएका विमलको बुवा अहिले परिवारको सम्पर्कमा छैनन् । घरमुली परिवारबाट सम्पर्कविहिन भएपछी परिवारको ऋण तिर्न र परिवारको गुजाराका लागि विमल भारतमा रोजगारीको लागि गएका थिए ।
उपचारमा धेरै रकम लाग्ने हुँदा, त्यसमाथी परिवारको आर्थिक स्थिती कमजोर भएका कारण विभिन्न संङ्घसंस्था र सामाजिक संन्जाल मार्फत आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...