नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म संचलान हुने भएको छ । प्रतियोगिता कास्कीको पोखरामा हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिती प्यूठानको बिहिवार बसेको वैठकले जिल्लामा रहेका नौ वटै स्थानिय तहका खेलाडीहरु छनौट गर्न पालिकाहरुलाई निर्देशन दिएको छ ।
जिल्ला खेलकुद विकास समिती प्यूठानले १९ वटा विधामा खेलाडी छनौट गर्न पालिकाहरुलाई निर्देशन दिएको हो ।
यस्तै समितीले पालिका स्तरमा प्रतियोगिता संचालन गरि भदौ ३ गते सम्म नौ वटै पालिका भित्रका खेलाडी तथा प्रशिक्षकहरुलाई जिल्ला खेलकुद विकास समितीमा विवरण पठाउन समेत आग्रह गरेको छ ।