News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी महापभ्रुको आज १६३ औ जन्म जयन्ती, बिहानै देखी भक्तजनको घुईचो

झुलेनी पाेष्ट२०७९ साउन २३, प्यूठान
१४९१ पटक
२०७९ साउन २३, प्यूठान

प्यूठानको ऐतीहासिक तथा धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि बर माग्नेहरुको घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको आज जन्मदिन परेकाले बर माग्ने भक्तजनहरुको घुँइचो लागेको हो ।
श्रावण पुत्रदा एकादशिका दिन वि.सं १९१६ सालमा रोल्पा जिल्लाको रुम्टी गाउँमा १०८ स्वर्गद्वारी महाप्रभु बालतपस्वि नारायण गौतमको जन्म भएको थियो । महाप्रभुको आज १ सय ६३ औं जन्मजयन्त्री भव्य रुपमा मनाइदैछ ।
महाप्रभु वि.सं १९५१ मा स्वर्गद्वारी आएपछि बेदका मन्त्रद्वारा अग्नी प्रज्वलीत गरी १९५२ बैशाख पुर्णिमा देखी उनले अखण्ड महायज्ञ सुरु गरेका किंबदन्ती छ ।
त्यसबेलादेखी बिस्व शान्तिका लागि संचालीत अखण्ड यज्ञको अग्नि हालसम्म पनि निरन्तर रुपमा बलीरहेको छ । महाप्रभुको जन्मदिनको अवसरमा आज बिहानैदेखी भोली बिहान सम्मका लागि चौबिस घण्टा अखण्ड किर्तन संचालन भैरहेको स्वर्गद्वारी आश्रम प्यूठानले जनाएको छ ।

पशुपति नाथको मन्दिरमा शिबजीको मात्र पुजा पाठ गरीन्छ भने स्वर्गद्वारीमा हिन्दुहरुका सम्पुर्ण पुजा, अग्नीको हवन गर्ने बिधिबाट यहाँ विस्वमा हिन्दुहरुको संस्कार अनुसार चलेको तिर्थाटन स्वर्गद्वारीमा मात्र गरीदै आएको छ ।

स्वर्गद्वारी नगरपालिकामा अवस्थित स्वर्गद्वारी आश्रम समुद्रि सतहदेखी करिव ७ हजार फिट उचाइमा पर्दछ । यहाँ आई पुजापाठ गरी मन्दिर अवलोकन गर्नाले मनले चिताएको पुग्ने र स्वर्गमा पुग्न सकिने धार्मिक विस्वास रहँदै आएको छ ।

जिल्लाकै अग्लो स्थान भएकाले यहाँ आनन्दको शिरसिरे बतास चलीरहने र यहाँबाट उच्च हिमश्रृंखला देखीने भएकाले स्वर्गद्वारी जिल्लाकै मुख्य रमणीय पर्यटकिय तिर्थस्थलको रुपमा चिनिदै आएको छ ।

नेपालका विभिन्न स्थानसगँै भारतका धेरै ठाउँहरुबाट यहाँ दैनिक सयौ, हजारौको संख्यामा पर्यटक तथा भक्तजनको भिड लाग्ने गरेको छ ।
पहाडको टाकुराबाट सेतै फुलेका उच्च हिमश्रृंखला देख्न सकिन्छ भने तलतीर समथर ठाउँमा कुहिरोले छपक्कै ढाकेको आनन्द पनि यहाँबाट देख्न सकिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...