News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी महापभ्रुको आज १६३ औ जन्म जयन्ती, बिहानै देखी भक्तजनको घुईचो

झुलेनी पाेष्ट२०७९ साउन २३, प्यूठान
४१९ पटक
२०७९ साउन २३, प्यूठान

प्यूठानको ऐतीहासिक तथा धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि बर माग्नेहरुको घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको आज जन्मदिन परेकाले बर माग्ने भक्तजनहरुको घुँइचो लागेको हो ।
श्रावण पुत्रदा एकादशिका दिन वि.सं १९१६ सालमा रोल्पा जिल्लाको रुम्टी गाउँमा १०८ स्वर्गद्वारी महाप्रभु बालतपस्वि नारायण गौतमको जन्म भएको थियो । महाप्रभुको आज १ सय ६३ औं जन्मजयन्त्री भव्य रुपमा मनाइदैछ ।
महाप्रभु वि.सं १९५१ मा स्वर्गद्वारी आएपछि बेदका मन्त्रद्वारा अग्नी प्रज्वलीत गरी १९५२ बैशाख पुर्णिमा देखी उनले अखण्ड महायज्ञ सुरु गरेका किंबदन्ती छ ।
त्यसबेलादेखी बिस्व शान्तिका लागि संचालीत अखण्ड यज्ञको अग्नि हालसम्म पनि निरन्तर रुपमा बलीरहेको छ । महाप्रभुको जन्मदिनको अवसरमा आज बिहानैदेखी भोली बिहान सम्मका लागि चौबिस घण्टा अखण्ड किर्तन संचालन भैरहेको स्वर्गद्वारी आश्रम प्यूठानले जनाएको छ ।

पशुपति नाथको मन्दिरमा शिबजीको मात्र पुजा पाठ गरीन्छ भने स्वर्गद्वारीमा हिन्दुहरुका सम्पुर्ण पुजा, अग्नीको हवन गर्ने बिधिबाट यहाँ विस्वमा हिन्दुहरुको संस्कार अनुसार चलेको तिर्थाटन स्वर्गद्वारीमा मात्र गरीदै आएको छ ।

स्वर्गद्वारी नगरपालिकामा अवस्थित स्वर्गद्वारी आश्रम समुद्रि सतहदेखी करिव ७ हजार फिट उचाइमा पर्दछ । यहाँ आई पुजापाठ गरी मन्दिर अवलोकन गर्नाले मनले चिताएको पुग्ने र स्वर्गमा पुग्न सकिने धार्मिक विस्वास रहँदै आएको छ ।

जिल्लाकै अग्लो स्थान भएकाले यहाँ आनन्दको शिरसिरे बतास चलीरहने र यहाँबाट उच्च हिमश्रृंखला देखीने भएकाले स्वर्गद्वारी जिल्लाकै मुख्य रमणीय पर्यटकिय तिर्थस्थलको रुपमा चिनिदै आएको छ ।

नेपालका विभिन्न स्थानसगँै भारतका धेरै ठाउँहरुबाट यहाँ दैनिक सयौ, हजारौको संख्यामा पर्यटक तथा भक्तजनको भिड लाग्ने गरेको छ ।
पहाडको टाकुराबाट सेतै फुलेका उच्च हिमश्रृंखला देख्न सकिन्छ भने तलतीर समथर ठाउँमा कुहिरोले छपक्कै ढाकेको आनन्द पनि यहाँबाट देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...