News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : गाउँमै रोजगारीको खोजी गरौँ

झुलेनी नेटवर्क२०७९ श्रावण २५, प्यूठान
७०९ पटक
२०७९ श्रावण २५, प्यूठान

नेपाल–भारत सीमा नाका जमुनाहनगर, कृष्णनगर, महेन्द्र नगर हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दशैँ खर्च जुटाउन भारत जान लागेका हुन । असारे रोपाइँ सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली भारत तर्फ जाँदै गरेको दृश्य बसहरुमा देखिन्छ ।

वर्षमा ६ महिना नेपाल र ६ महिना भारतमै बिाताउँनेहरु प्यूठानमा ग्रामिण क्षेत्रका धेरै छन् । गाउँमा रोजगारी नभएकाहरुको भारत नगई आफ्नो दैनिकी चलाउन सक्दैनन् । परिवार पाल्न भारत जानैपर्ने बाध्यता उनीहरुलाई छ । जुनै व्यवस्था आए पनि गाउँका स्थानीयको अवस्था बदलिएको छैन् । खेतीपातीका बेला स्वदेश र अन्य बेला झोला बोकी भारत नपसी उनीहरुलाई सुख छैन् । गाउँमा काम गर्ने वातावरण नहुँदा भारत जानुपर्ने बाध्यता उनीहरुलाई छ । गाउँमा काम छैन । गरेको कामको पनि उचित पारिश्रमिक पाउँदैनन् । लोकतन्त्र आएको वर्षाँै भएपनि गरिबलाई हेर्ने सरकार गाउँमा बस्नेहरुले कहिल्यै देख्न पाएका छैनन् । सरकारले समेत यस्ता विषयमा चासो नदिँदा वर्षौंँदेखि भारतीय नागरिकबाट हेलाको पात्र हुन बाध्य छन् उनीहरु।

घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो र? तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ उनीहरुलाई । नेपालमा रोजगारीको अभाव रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि वर्षैपिच्छे धैरै नेपालीलाई भारत जानुपरेको हो । अहिले स्याउ टिप्ने सिजन भएकाले सिमला जानेहरूको संख्या पनि धेरै छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...