News Portal

रेडियो सुन्नुहोस्

शिवालय दुग्ध सहकारी संस्था लि.खैराबाट ४२ लाख भन्दा बढी दुध बिक्री

झुलेनी पोष्ट२०७९ भदौ, २० प्यूठान
३७५ पटक
२०७९ भदौ, २० प्यूठान

शिवालय दुग्ध सहकारी संस्था लि. खैरा संकलन केन्द्रबाट करिब १ वर्षको अवधिमा ४२ लाख भन्दा बढी रकमको दुध बिक्री भएको छ । सहकारीले स्थानीय स्तरमै किसानहरुले उत्पादन गरेका गाई, भैसीको दुध संकलनबाट २०७८ साउनदेखी ७९ साउन सम्ममा ४२ लाख ३१ हजार ६ सय ९४ रुपैयाको कारोवार भएको शिवालय दुग्ध सहकारी संस्था लिमिटेड खैराका अध्यक्ष विष्णु बहादुर बस्नेतले बताए ।

२०७८ साउनमा मध्य पहाडी लोकमार्ग दुग्ध विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान र किसानहरुको ५० प्रतिशत लागतमा १ सय वटा गाई भैसी खरिद गरि संचालन गरिएको दुध उत्पादनबाट खैराका करिब ४३ जना किसानहरु लाभांवित हुने भएको अध्यक्ष वस्नेतको भनाई छ । सहकारी संस्था लिमिटेडले संकलन गर्दै आइरहेको दुध किसान डेरि जुर्मीले खरिद गर्दै आइरहेको उनले बताए ।

‘हाम्रो सहकारी संस्थाले किसानहरुबाट प्रतिलिटरमा ५ रुपैया राख्दै आएको छ,’ उनले भने । सहकारीले डेरीलाई अहिले प्रतिलिटर ७१ रुपैयाका दरले दुध बिक्री गर्दै आइरहेको छ । एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालय प्यूठानले ५० प्रतिशत अनुदान स्वरुप दुध संकलन गर्ने मेसिन उपलब्ध गराएको वस्नेतले बताए । तर उक्त मेसिन हाल संचालन ल्याइएको छैन । उक्त मेसिनले विद्युत वढी खपत गर्ने भएको हुदाँ र प्राप्त मात्रामा दुध उत्पादन नभएकाले मेसिन प्रयोगमा नल्याएको वस्नेतले बताए ।

गाई, भैसीका लागि आवाश्यक आहार, घास, पराल दाना महंगो भएकाले किसानहरुले प्रशस्त मात्रामा दुध उत्पादन गर्न नसकिएको भन्दै किसानहरुले गुनासो गर्दै आइरहेको अध्यक्ष वस्नेतको भनाई छ ।

किसानहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले आवाश्यक अनुदान उपलब्ध गराउने हो भने किसानहरुले राहत पाउने थिए ।

 

प्रतिकृया दिनुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...