News Portal

रेडियो सुन्नुहोस्

डेनमार्कमा निर्मित कृषि औजारहरु प्युठानमा भित्रिए , किसानहरुले शून्य लगानीमा पाउने

बोम बहादुर परियार२०७९ भाद्र २७, प्यूठान
१५८४ पटक
२०७९ भाद्र २७, प्यूठान

किसानहरुको सहजताको लागि प्यूठानमा TEXAS कम्पनिका हाते कृषि औजार भित्रिएका छन ।
डेनमार्क युरोपमा निर्मित उच्च प्रविधिका कृषि औजार प्यूठानका किसानहरुले सहुलियतमा पाउने भएका हुन ।

सोमबार होटेल आयुस्माको सभाहल जुम्रीमा छिमेकी लघुबित्त बित्तिय सस्था प्यूठानले जिल्लाका आफ्ना सदस्यहरुलाई जम्मा गराई हाते कृषि औजारबारे जानकारी गराएको छ ।
किसानहरुले उक्त औजार खरिद गर्नको लागि छिमेकी लघुबित्त बित्तीय सस्थाद्वारा सदस्यहरुलाई मात्र पाँच प्रतिशत छुट सहित शुन्य लगानीमा औजार उपलब्ध गराईने सस्थाका प्रमुख सुनिल चौधरीले बताए । उक्त ऋणलाई किसानहरुले ट्राक्टरको कमाईबाट किस्ता किस्तामा तिर्नुपर्ने उनको भनाई छ ।

नेपाल चाईना एग्रीकल्चर सेन्टरका प्रमुख गोपाल प्रसाद उपाध्यायले TEXAS कम्पनीको कृषि औजार उपलब्ध गराउनको लागि प्युठानमा छिमेकी लघुबित्त बित्तिय सस्थासँग सहकार्य गरेको बताए । साथै डेनमार्कमा निर्मित बलियो भरपर्दो र पेट्रोल डिजल दुबैबाट चल्ने फरक फरक हाते औजारहरु जिल्लामा भित्रीएको उनले बताए ।
१९६० मा स्थापना भएको कम्पनिले प्युठानमा पहिलोपटक कृषि हातेऔजार लिएर आएको हो ।

बाझो भिरालो जमिनमा महिलाहरुले समेत सहजै रुपमा चलाउन सकिने हाते ट्राक्टरहरु जिल्लाको एकमात्र बिक्रेता राप्ती ईलेक्टृकल्स एन्ड मेसिनरी हाउस बिजुवारबाट उपलब्ध छन ।

पाँच हर्ज पावरको पेट्रोल इन्जिन भएको मेसिन, ६ हर्ज पावरको पेट्रोल इन्जिन भएको, ५ हर्ज पावर भएको डिजल इन्जिन भएको र ९ हर्ज पावर भएको डिजल इन्जिन भएको हाते कृषि औजार जिल्लामा भित्रीएको राप्ती ईलेक्टृकल्स एन्ड मेसिनरी हाउसका प्रमुख राम प्रसाद पोख्रेलले बताए ।
६ किसिमका धातुद्वारा निर्मित उक्त मेसिनहरु किसानलाई उपलब्ध गराउनको लागि पहिलोपटक प्यूठान र रोल्पामा सम्झौता गरिएको कम्पनिका प्रमुख उपाध्यायले बताए ।
तेल कम खाने, अरु कम्पनिका औजार भन्दा फरक क्षमता भएको, मिनिटिलर, रिपर, ब्रस कटर, वाटर पम्प, लगायत सम्पूर्ण मेशिनरी औजार यस जिल्लामा भित्रीएको छ । साथै उक्त मेसिन ले पानी तान्न समेत सकिने बताईएको छ ।
साथै कृषि औजारका बारेमा बुझेपछी जिल्लाका किसानहरु उत्साहित समेत बनेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानीमा थपिए तरकारी खेतीका १ सय नयाँ टनेल

मल्लरानी गाउँपालिका वडा नं. ५ सरङ्गकोटका मुकुन्द मल्ल तीन वर्षअघि बैदेशिक रोजगारीबाट फर्किए । गाउँमा...

ईजरायलबाट फर्किएर पूर्वश्रीमतिको हत्या

ईजरायलबाट फर्किएका एक युवकले आफु बैदेशिक रोजगारीमा रहेको बेला दोश्रो विवाह गरेकी पूर्वश्रीमतिको हत्या गरेका...

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...