News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १८ जनाले गराए उम्मेदवारी दर्ता

झुलेनी नेटवर्क२०७९ असाेज २३
९०९ पटक
२०७९ असाेज २३

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्यूठानमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यको लागि ८ जना र प्रदेशसभा सदस्यको लागि १० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमाले सूर्यबहादुर थापाक्षेत्री, राजमो दुर्गा पौडेल, नेकपा(माले)माधब सिंह केसी, रास्ट्रीय स्वतन्त्र पार्टी कृष्ण प्रसाद पोख्रेल राप्रपा नेपाल होम बहादुर बुढाथोकी,मंगोलीयन पार्टी मनबहादुर पुन, स्वतन्त्रमा दामप्रसाद सुबेदी र स्वतन्त्रमै रामप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा(क)अन्तरगत नेकपा एमाले तुल्सीराम शर्मा, नेकपा आओबादी केन्द्र कृष्णकुमार अधिकारी, राप्रपा गोपाल नाथ योगी, हाम्रो नेपाल पार्टी हरी पौडेल, मंगोलीयन पार्टी मुवा घर्तीमगरले उम्मेदवारी दिएका छन् । प्रदेश सभा(ख) मा नेकपा एमाले हरी प्रसाद रिजाल, नेपाली कांग्रेस शरोज थापा, राप्रपा लालबीर घर्ती र मंगोलियन पार्टी बाट रुपलाल बुढामगरले उम्मेवारी दर्ता गराएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...