News Portal

रेडियो सुन्नुहोस्

१४ औ बार्षिका साधारण सभा सम्पन्न

झुलेनी पोष्टपौष ६/२०७९
४३५ पटक
पौष ६/२०७९

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण भएको बताए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानको १४ औ बार्षिक साधारण सभामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष उदय जिएम ले यस्तो बताए। जिल्लामा आवद्ध पत्रकारहरुलाई सक्षम र सबल बनाउनको लागि महासङ्घको दायित्व विशेष रहेको समेत उनले बताए ।

त्यस्तै जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा सोही कार्यक्रमका बिशेष अतिथि समेत रहनुभएका धरम बहादुर जिसि ले पत्रकारले गर्ने काम र कर्तव्य अधिकारलाई बुझ्न जरुरि रहेको बताए । उनले कुन सुचना बाहिर ल्याउने र कस्तो सुचनालाई बाहिर नल्याउने भनी लाग्न भन्दै जनताको सत्य तथ्य कुरालाई सहि सुचना मार्फत प्रवाह गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महासङ्घ सशक्त तरिकाले बलियो भएर अगाडि बढ्न अनुरोध गरेका छन । जिल्लाको सुशासन र बिकासको लागि पत्रकारिताको अहम भुमिका रहेको पनि बताएका हुन । त्यस्तै कार्यक्रममा पत्रकार महासङ्घमा योगदान पुर्‍याएर हाल स्थानीय तहमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान समेत गरेको छ । सम्मान हुनेहरुमा प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा, गौमुखी गाउपालिकाका उपाध्यक्ष महाविर राना, झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेल रहनुभएको छ ।

सोही कार्यक्रममै नेपाल पत्रकार महासङ्घका पुर्व अध्यक्ष गिरु भण्डारिलाई स्वार्गिय सुर्य बहादुर बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...