News Portal

रेडियो सुन्नुहोस्

राम्रो गर्न नसके जनताले विकल्प खोज्छनः प्रचण्ड

सिखबर संवाददाता८ असोज, प्यूठान
११७४ पटक
८ असोज, प्यूठान

स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा हुने टिप्पणी गरे ।

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’ जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष उनको भनाइ छ ।

‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’

हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक बर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।

फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए । ‘हामीले १२/१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’

बुढीगण्डकीबारे सरकारको निर्णयको प्रशंसा

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा आफूले गरेको निर्णयमा अहिलेको सरकार पनि आइपुगेको टिप्पणी गरेका छन् । ‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने, फेरि अर्कोले दिने यस्तै काम भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘मैले जहाँ लगेर प्रक्रिया टुंग्याएको थिएँ, अहिले सरकार त्यही आइपुग्यो ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...