News Portal

रेडियो सुन्नुहोस्

रोजगारीका लागि कुवेत पुगेकी तुलसा अलपत्र

झुलेनीपोष्ट२०७९ पुस १९, प्यूठान
२३२ पटक
२०७९ पुस १९, प्यूठान

रोजगारीका लागि कुवेत गएकी प्यूठानकी एक महिला अचेत अवस्थामा अलपत्र परेकी छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट बिसरे घर भएकी ४७ वर्षिय तुलसा जिसी मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) कारण विगत ५ महिना देखी अचेत अवस्थामा रहेको पारिवारिक श्रोतले जनाएको छ । उनी करिब ४ वर्ष अघि रोजगारीका लागि कुवेत गएको उनका देवर प्रदिप जिसीले बताए । तुलसाको घरमा उनका श्रीमान,दुई छोरा र दुई छोरी छन् । देवर जिसीका अनुसार ती अवोध छोराछोरीको पालनपोषण र शिक्षादिक्षाका लागि तुलसा रोजगारीको सिलसिलामा कुवेत गएकी थिईन् ।
हाल उनी कुवेतको (Adan Hospital, PICU) बेड न‌. ३२ मा अचेत अवस्थामा छट्पटाइरहेकी छिन् । उनलाई के भएको हो ? कस्ले अस्पताल भर्ना गर्यो ? कहिलेसम्म अस्पतालमा राख्ने हो ? भन्ने बारे परिवारलाई कुनै जानकारी छैन । उनको उद्धारका लागि परराष्ट्र मन्त्रालय र राजदुताबासमा निवेदन दिदाँ कुनै वास्ता नगरेको परिवारको गुनासो छ । अचेत अवस्थामा अलपत्र परेकी तुलसाको उद्धार कार्यमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी देखिन्छ ।

यो पनि पढ्नुहोस् ।

के हो मस्तिष्क रक्तश्राब (ब्रेन हेमोरेज) ?
मस्तिष्कका विभिन्न समस्याहरु मध्ये मस्तिष्क रक्तश्राब एक प्रमुख जटिल तथा कहिलेकाहीँ घातक सिद्ध हुन सक्ने समस्या हो । मस्तिष्कघात, जसलाई अंग्रेजीमा ‘स्ट्रोक’ भनिन्छ, यसको एक प्रमुख कारण मस्तिष्क रक्रश्राब हो । मस्तिष्क रक्तश्राबलाई अंग्रेजीमा ब्रेन हेमोरेज भनिन्छ जसको अर्थ हो मस्तिष्क भित्रको सानो या ठूलो रक्तनली फुटी मस्तिष्क भित्र रगत जम्नु । त्यसो त मस्तिस्कघात हुनका लागि मस्तिष्क रक्तश्राबसंग मिल्दोजुल्दो अर्को समस्या ‘किरेवरल इन्फारेक्सन’ अर्थात मस्तिष्क कोषिका मरण पनि हुन्छसक्छ । यसको नेपालीमा ठेट नामाकरण छैन । तर चलन चल्तीमा यसलाई पनि मस्तिष्कघात भनेरै चिनिने गरिन्छ ।मस्तिष्क कोषिका मरण भनेको मस्ष्किमा रक्तसन्चार गर्ने साना रक्तनली जाम हुनु हो । साना रक्तनलीजाम भई मस्तिस्कमा रगत तथा अक्सिजन नपुगेपछि कोषिका र तन्तुको मृत्यु हुन्छ । त्यस्तै मस्तिष्क रक्तश्राब भनेको मस्तिष्कमा रक्तसंचार ज्यादा भएर रक्तनली फुटी रक्तश्राब वा ब्लिडिङ हुनु हो । यी दुबै कारणहरुले गर्दा मस्तिष्कघात, पक्षघात वा प्यारालाइसिस जस्ता समस्याहरु हुन्छन् ।
मस्तिष्क रक्तश्राब कारण
जसरी बाँधमा पानीको चाप अत्याधिक भएर बाँध फुट्दछ, त्यसरी मस्तिष्कको रक्तनलीमा रक्तचाप उच्च भएमा रक्तनली फुट्दछ । तसर्थ मस्तिष्क रक्तश्राबको एकमात्र कारण हो उच्च रक्तचाप अर्थात ‘ब्लड प्रेसरको हाई’को विरामी हुनु हो ।
रक्तचापको बिमारी जति पुरानो हुँदै गयो, रक्तचाप जति बढ्दै गयो रक्तनलीहरु त्यतिनै पातलो हुँदै खिइँदै जान्छ । फलस्वरुप रक्तनलीमा प्वाल परी फुट्दछ र रक्तश्राब हुन्छ । जसरी पानीको पाइप पुरानो भएपछि पाइपमा प्वाल परी पानी चुहिन्छ, त्यसरी नै रक्तनलीमा पनि प्वाल परी रगत चुहुन्छ । त्यसैलाई मस्तिष्क रक्तश्राब भनिन्छ ।
रक्तचापको रोग कहिले ननिभ्ने आगो जस्तो हो । जसरी आगो नियन्त्रण गर्न पानी हालिराख्नु पर्दछ त्यसरी नै उच्च रक्तचापभएपछि औषधि खाई राख्नुपर्छ । जसरी आगो निभ्यो होला भनी पानी नराखेमा अचानक आगो दन्किने र आगलागी हुने सम्भावना हुन्छ ।
रक्तचाप नियन्त्रण भयो भनेर औषधि छोडेमा रक्तचाप अचानक उच्च हुन पुगी नशा फुटी मस्तिष्क रक्तश्राब हुन्छ । त्यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न नियमित औषधि खानुपर्दछ ।
मस्तिष्क रक्तश्राबका लक्षणहरु
मस्तिष्क रक्तश्राब एक आकस्मिक अवस्था हो । यो समस्या अचानक आउँदछ र यसले क्षण भित्रै गम्भिर अवस्थाको श्रृजना गर्दछ । सामान्य शारीरिक कृयाकलाप गरिराखेको मानिसलाई अचानक टाउको दुख्नु, बेहोस हुनु, बान्ता हुनु, शरीरको एक पाखा नचली पक्षघात हुनु आदि यसका लक्षणहरु हुन् ।
साथै क्षारेरोगको कम्पन हुनु, बोली नखोल्नु, आँखा, मुख टेँडो हुनु, दिशापिसाब अचानक फुस्किनु आदि पनि यसका लक्षणहरु हुन् । तर लक्षणबाट मात्रै यो समस्या रक्तश्राब हो कि कोषिका मरण हो या ब्रेन ट्यूमर हो भन्न सकिँदैन ।
त्यसको लागि सि.टि. स्क्यान अथवा एम.आर.आइ. को जरुरत पर्दछ जसले किटानका साथ त्यस्ता रोगहरुको निदान गर्दछ । तसर्थ माथि उल्लेखित समस्याहरु भएमा सम्भावित मस्तिष्कघातको शंका गरी तुरुन्तै अस्पतालमा गएर जाँच गर्नु जरुरी हुन्छ ।
मस्तिष्क रक्तश्राबको उपचार
मस्तिस्क रक्तश्राबको उपचार के गर्ने र कसरी गर्ने भन्ने कुरा केही तथ्यहरु माथि भर पर्दछ । जस्तैः रक्तश्राबको मात्रा कति छ अर्थात सानो छ कि ठूलो छ ? रक्तश्राबको स्थिति कहाँ छ अर्थात रक्तश्राप मस्तिष्कको कुन भागमा अवस्थित छ ? बिरामीको अवस्था कस्तो छ अर्थात बेहोसी अवस्थामा छ कि, होस राम्रो नै छ कि, पक्षघात छ कि ? आदि ।
माथिका यी प्रश्नहरु सि.टि. स्क्यानमा राम्रो सित देखिन्छ र एक योग्य स्नायु शल्यचिकित्सक न्यूरोसर्जन ले यी कुराहरुको मूल्यांकन राम्रो सित गरी उपचारको सही कदम उठाउन सक्दछ । सि.टी. स्क्यान अथवा स्नायूरोग विशेषज्ञ नभएको अस्पतालमा यस रोगको सही उपचार सम्भव हुँदैन ।
यदि रक्तश्राब सानो छ र यसको मात्रा २०–३० मि.ली भन्दा कम छ भने र बिरामीको अवस्था राम्रो छ, बेहोसीपन धेरै गहिरो छैन भने शल्यक्रिया नगरी औषधी उपचारले मात्रै पनि ठीक हुन सक्दछ । तर यदि रक्तश्राब धेरै ठूलो छ र यसको मात्रा ३० मि.ली भन्दा धेरै छ र बिरामीको अवस्था पनि नाजुक भई गहिरो बेहोसी अवस्थामा छ भने औषधी उपचारले मात्रै ठीक नभई शल्यक्रिया नै गरी जमेको रगत निकाली उपचार गर्नु पर्ने हुन्छ ।
यसै सन्दर्भमा बिरामीको बेहोसीपनको मापन गर्ने एक वैज्ञानिक तरिका, जुन संसारको हरेक अस्पतालमा प्रयोग गरिन्छ, को थोरै सानो चर्चा गर्नु राम्रो हुनेछ । सामान्य तया एक पूर्ण होसमा भएको हातखुट्टा सबै राम्ररी चल्ने मानिसलाई १५ नम्बर दिइन्छ ।
त्यस्तै मृत अवस्थामा भएको अथवा मरिसकेको मानिसलाई ३ नम्बर दिइन्छ । तसर्थ यस नम्बर जति कम हुदैँ गयो उति जोखिम ज्यादा हुन्छ भन्ने बुझिन्छ । यस्तो नम्बर दिएर बिरामीको होस या बेहोसीपनको मापन गर्ने तरीकालाई ग्लास्गो कोमा स्केल (जीसीएस) ग्लासको कोमा स्केल भनिन्छ । जिसिएस ८ भन्दा माथि भएको राम्रो हुन्छ । यदि जिसिएस ८ भन्दा कम भयो भने त्यस्तोलाई कोमा भनिन्छ जुन राम्रो होइन ।

त्यो भन्दा तल जिसिएस घट्दै गयो भने त्यस्तोलाई गहिरो बेहोसी अथवा डिप कोमा भनिन्छ ।रक्तश्राबले गर्दा बिरामीको अवस्था कोमामा गयो भने अथवा जिसिएस सामान्य भन्दा कम भयो भने शल्यक्रियाको आवश्यकता पर्दछ । यसरी रगतको ढिक्का निकाले पछि त्यसले पु¥याउन सक्ने क्षतिबाट मस्तिष्कलाई बचाउन सकिन्छ तर त्यतिले मात्रै नपुगे शल्यक्रियाका थप उपायहरु पनि गर्नु पर्ने हुन्छ । जस्तैःरगतको ढिक्का निकाले पछि मस्तिष्क शान्त हुनुपर्दछ तर त्यसो नभएको खण्डमा मस्तिष्क भित्रको चापलाई अझ नियन्त्रण गर्न टाउको या खप्परको थप हड्डि, खप्परलाई अझै धेरै खोल्नु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...