News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा चिस्यान केन्द्रको शिल्यान्यास

वासुदेव गिरी२०७९ पुस २२ प्यूठान
६८३ पटक
२०७९ पुस २२ प्यूठान

प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीले गरेका हुन ।चिस्यान केन्द्रको शिल्यान्यास गर्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भने, निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले आफुले उत्पादित बस्तुहरुलाई सुरक्षित किसिमले स्टोर गर्न सक्ने छन्, । हाम्रो क्षेत्र कृषि र फलफुलको पकेट क्षेत्र भएकोले उत्पादित मौसमी, सुन्तला र आलु लाई स्टोरमा भण्डारन गरेर लामो समय टिकाइ राख्न झिमरुक बासी किसानहरुलाई सहज र फाइदा पुग्ने अध्यक्ष महतरा क्षेत्रीले बताए ।

कृषकले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेतीलाई उचित ब्यवस्थापन गर्न सकिने उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । निर्माणको काम समयमै सम्पन्न गर्न र डिजाइन र लागत अनुसार कार्य गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष पोख्रेलले सुझाव दिए। बहुवर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको प्राविधिक नगेन्द्र आचार्यले बताए । अघिल्लो आ।ब। सम्झौता गरिएको आयोजनाको आर्थिक वर्ष २०७९÷०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ । रविना जुगल इभिना जेभि निर्माण कम्पनीले जिम्मा लिएर आजबाट निर्माण कार्य सुरु गर्दैछ । कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी प्राविधिक निर्माण ब्यवसायी स्थानीय बासीको उपस्तिथि रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...