News Portal

रेडियो सुन्नुहोस्

सहकारीलाई उत्पादनशील क्षेत्रमा जोडेर लैजानुपर्नेमा अध्यक्ष एमसीकाे जोड

वासुदेव गिरी०९ माघ २०७९
७१० पटक
०९ माघ २०७९

प्युठानको झिमरुक गाउँपालिकामा संचालित सहकारी संस्थाहरुले आफुलाई बचत संकलन संगसंगै उत्पादनशील क्षेत्रम जोडेर लैजानुपर्ने आवश्यकता रहेको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताएका छन् ।

आइतबार भएको भुमेथान महिला बचत तथा ऋण सहकारी संस्था झिमरुक गाउँपालिका ६ नेटाको ११ औं साधारणसभा कार्यक्रमको प्रमुख अथिती समेत रहेका अध्यक्ष महतरा क्षेत्रीले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानीका दायरा बढाउन सकेमात्र गरिबी न्यूनीकरणमा टेवा पुग्ने र आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताएका छन।


उनका अनुसार पालिकाभर ३२ वटा सहकारी विधिवत रुपमा दर्ता भइ संचालनमा छन् । पालिकामा दर्ता भएका सहकारीहरुको बिकास र प्रबर्द्धनको लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरेका छौँ । उनले भने, त्यस्को लागि यसै आर्थिक वर्षमा सहकारीको प्राविधिक क्षेत्रमा काम गर्ने गरि १४ लाख बजेट समेत ब्यवस्था गरेको बताए ।
२ सय ८५ जना महिला सदस्य भएको सहकारीले बालबालिका तथा जेष्ठ नागरिकलाई सहयोग पुग्ने, पोषणको क्षेत्रमा सहयोग गरेको सेयर सदस्यहरुको घरपरिवारको मृत्यु भएमा किरिया खर्च उपलब्ध गराएको असल ऋणि र जेष्ठ नागरिकलाई सम्मान गर्ने सुत्केरी महिलाहरुलाई अर्थिक सहयोगको प्याकेज लैजाने जस्ता निकै महत्वपूर्ण कार्य गरेको भन्दै अध्यक्ष महतरा क्षेत्री सहकारीको प्रसंशा गरेका थिए । असल कार्यको अन्य सहकारीले पनि अनुसरण गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रम झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुन, बचत तथा ऋण जिल्ला सहकारी संघ प्युठानको उपाध्यक्ष माया गिरी झिमरुक सहकारीको संयोजन कमला रिजाल समाजसेवी बुद्धिजीवी लगाएकले संस्थाको प्रगतिको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहकारीले उल्लेखनीय योगदान गरेको भन्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई सम्मान गरेको छ । त्यस्तै सहकारीमा आवद्ध जेष्ठ नागरिक असल ऋणि सहकारीका पुर्व कार्य समिति सदस्य लगाएत ब्यक्तिहरुलाई उहाँहरुले गर्नुभएको योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रममा सम्मान गरिएको थियो ।


सहकारी संस्थाको अध्यक्ष राधा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिबेदन सचिब मुना के।एम। र आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष इन्दिरा पोख्रेलले प्रस्तुत गरेका थिए । सहकारीको कुल बचत ४१ लाख ८९ हजार ६ सय ५८ रुपैया रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ । २०६७ सालमा स्थापन भैइ ११ वर्ष पूरा गरेको यो सहकारीले अहिलेसम्म २ लाख नाफामा रहेको जानकारी दिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...