News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकामा आकस्मिक बजार अनुगमन

सिखबर संवाददाताप्यूठान -असोज ,१५
१२१० पटक
प्यूठान -असोज ,१५

स्वर्गद्वारी नगरपालिका र उद्योग वाणिज्य संघ बजार कमिटी भिङग्रीको आयोजनामा स्वर्गद्वारी नगरपालिकाको मुख्य व्यापारीक केन्द्र भिङ्ग्री बजारमामा आकस्मिक बजार अनुगमन गरिएको छ ।

नेपालीहरूको महान पर्व दशै, तिहार, छठ पर्व नजिकिदै गर्दा बजारमा म्याद नाघेका खाद्य बस्तुहरू धेरै विक्रि वितरण हुने हुदा बजार अनुगमन गरिएको हो हो

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको नेतृत्वमा जिमुरपाटादेखि दोमहीसम्म बजार अनुगमन गरी म्याद नाघेका अधिक खाद्य बस्तु बरामद गरि नष्ट गरेको छ ।

उपभोक्ता मञ्चका अध्यक्ष गोपाल बिक्रम शाह , उद्योग वाणिज्य संघ प्रतिनिधि गिर बहादुर गुरुङ्ग , कोष तथा लेखा नियन्त्रक राम प्रसाद कोइराला , इलाका प्रहरी कार्यालय भिङ्ग्रीका निमित्त प्रमुख हस्त बहादुर घर्ती , प्रहरी , पत्रकार लागाएत उपस्थित भएको अनुगमन टोलीले दर्ता नगरेका तथा अव्यवस्थित तरिकाले सन्चालन गरेका पसलहरुलाई ७ दिन भित्र फर्म दर्ता गर्न र व्यवस्थित गरि जि .प्र .का मा प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

बजार अनुगमन कार्यक्रममा स्वर्गद्वारी नगरपालिका कार्यलयबाट कुनै पनि प्रतिनिधिको उपस्थित थिएन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...