News Portal

रेडियो सुन्नुहोस्

सासू–ससुरा पाल्ने बुहारी सम्मानित

गिरूप्रसाद भण्डारीआश्विन १८, २०७५
१६७२ पटक
आश्विन १८, २०७५

प्यूठान — बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला प्यूठान नगरपालिकाले सासू/ससुरा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरभित्रका ९० वर्ष नाघेका ज्येष्ठ नागरिक र तिनलाई उचित स्याहारसुसार गर्नेे छोराबुहारीलाई सम्मान गरेको हो । ‘असल संरक्षणकर्ता’ का रूपमा सम्मानित हुनेमा ४ बुहारी र १ छोरा छन् ।

प्यूठान नगरपालिका २, दाखाक्वाडीका १ सय १ वर्षीय मानबहादुर जीसीकी बुहारी रेश्मा, वडा नं. १, खैराका ९८ वर्षीय कविराम बैदिककी बुहारी उमा, वडा नं. २ का ९५ वर्षीय ओमनारायण उपाध्यायकी बुहारी शिला पोखरेल र वडा नं. ३ का ९७ वर्षीय टंकबहादुर विष्टकी बुहारी शारदा सम्मानित भएका हुन् । त्यस्तै वडा नं. ४ की ९४ वर्षीय आमा अपा सुवेदीको हेरचाह गर्ने छोरा डा. लेखराजलाई पनि सम्मानित गरियो । सम्मानसँगै उनीहरूलाई नगरपालिकाले पानी तताउने इलेक्ट्रिक भाँडो, प्रमाणपत्र र दोसल्ला पनि दिएको छ ।

नगरभित्रका धेरै बुहारीमध्ये ९० वर्ष पार गरेका वृद्धवृद्धाको स्याहारसुसारमा दिनरात तल्लिन बुहारीको खोजी गरेर सम्मान गरिएको नगरपालिकाले जनाएको छ । बुहारीमा कर्तव्यबोध र वृद्धवृद्धामा आत्मबल बढ्ने भएकाले सम्मान गरिएको नगरप्रमुख अर्जुन कक्षपतिले बताए । ‘सम्मानले अग्रजको ख्याल गरौं र दीर्घजीवी गराउँm भन्ने अभियान चल्ने विश्वास छ,’ उनले भने, ‘घर छोडेर सहर पस्ने छोराछोरी र बुहारीलाई गाउँ फर्काउन पनि यस अभियानले मद्धत पुग्नेछ ।’ आफ्नै स्याहार सुसार गर्ने बुहारी सम्मानित भएकामा मानबहादुले खुसी व्यक्त गरे । उनी हिंडडुल गर्न सक्दैनन् । श्रीमतीको मृत्यु भएको २८ वर्ष भइसक्यो । ‘बुहारीको स्याहारसुसारले यति धेरै बाँचियो,’ उनले भने, ‘सुसार नगर्ने बुहारी भएको भए उहिल्यै मरिसक्थें ।’ बुहारी रेश्माले घरका अगुवाको हेरचाह र पालनपोषण गर्नु आफ्नो कर्तव्य भएको बताइन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् ।

पूर्वगृह सहायक मन्त्रीसमेत रहेका ९७ वर्षीय टंकबहादुर विष्ट पनि अहिले बुहारीकै सहयोग र भरोसामा छन् । बुहारी शारदाको स्याहारले आफू अहिलेसम्म निरोगी रहेको उनले सुनाए । ‘उनी कस्ती हुन् भन्ने घरभित्र भन्दा बाहिरकाले मूल्यांकन गरेका रहेछन्,’ उनले भने, ‘आज आफ्नै बुहारीलाई सम्मान गर्न पाइयो ।’ नगरपालिकाद्वारा आयोजित ज्येष्ठ नागरिकको संरक्षण गर्ने कार्यक्रममा उनी प्रमुख अतिथि थिए । तर, सम्मानकै बेला मात्र आफ्नी बुहारी सम्मानित भएको जानकारी पाएको उनले बताए ।

नगरपालिकाले सम्मानसँगै ज्येष्ठ नागरिकको नि:शुल्क आँखा जाँच, उपचार, उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । नगरप्रमुख कक्षपतिले ज्येष्ठ नागरिकका लागि दु:खसुख साट्ने केन्द्र निर्माण गर्न लागिएको बताए ।

डाक्टरी पेसा छोडेर आमाको हेरचाह 
‘गरिबका डाक्टर’ भनेर उपनाम पाएका प्यूठानका डा. लेखराज सुवेदीले काठमाडौंको शिक्षण अस्पतालमा धेरै वर्ष बिरामीको सेवा गरे । ९४ वर्षीया आमा अपा गाउँ छोडेर सहर जान नमानेपछि उनको स्याहारसुसार गर्न उनी १५ वर्षअघि गाउँ नै फर्किए ।

अहिले जन्मघरमै आमाको स्याहारसुसार गर्दै छन् । आमाको आशीर्वादले सेवामा सन्तुष्टि मिलेको उनले बताए । ‘म यसैमा खुसी छु,’ उनले भने, ‘केटाकेटी र वृद्धवृद्धा अरूको मायाले दीर्घजीवी बन्ने हुन् ।’ अग्रजलाई पाल्नु सन्तानको जिम्मेवारी भए पनि अहिलेको समाजमा त्यस्तो संस्कार हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।

कान्तिपुरको अनलाईन संस्करण  https://www.kantipurdaily.com/pradesh-5/2018/10/03/153854817835495443.html मा प्रकासित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...