News Portal

रेडियो सुन्नुहोस्

सासू–ससुरा पाल्ने बुहारी सम्मानित

गिरूप्रसाद भण्डारीआश्विन १८, २०७५
१५३८ पटक
आश्विन १८, २०७५

प्यूठान — बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला प्यूठान नगरपालिकाले सासू/ससुरा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरभित्रका ९० वर्ष नाघेका ज्येष्ठ नागरिक र तिनलाई उचित स्याहारसुसार गर्नेे छोराबुहारीलाई सम्मान गरेको हो । ‘असल संरक्षणकर्ता’ का रूपमा सम्मानित हुनेमा ४ बुहारी र १ छोरा छन् ।

प्यूठान नगरपालिका २, दाखाक्वाडीका १ सय १ वर्षीय मानबहादुर जीसीकी बुहारी रेश्मा, वडा नं. १, खैराका ९८ वर्षीय कविराम बैदिककी बुहारी उमा, वडा नं. २ का ९५ वर्षीय ओमनारायण उपाध्यायकी बुहारी शिला पोखरेल र वडा नं. ३ का ९७ वर्षीय टंकबहादुर विष्टकी बुहारी शारदा सम्मानित भएका हुन् । त्यस्तै वडा नं. ४ की ९४ वर्षीय आमा अपा सुवेदीको हेरचाह गर्ने छोरा डा. लेखराजलाई पनि सम्मानित गरियो । सम्मानसँगै उनीहरूलाई नगरपालिकाले पानी तताउने इलेक्ट्रिक भाँडो, प्रमाणपत्र र दोसल्ला पनि दिएको छ ।

नगरभित्रका धेरै बुहारीमध्ये ९० वर्ष पार गरेका वृद्धवृद्धाको स्याहारसुसारमा दिनरात तल्लिन बुहारीको खोजी गरेर सम्मान गरिएको नगरपालिकाले जनाएको छ । बुहारीमा कर्तव्यबोध र वृद्धवृद्धामा आत्मबल बढ्ने भएकाले सम्मान गरिएको नगरप्रमुख अर्जुन कक्षपतिले बताए । ‘सम्मानले अग्रजको ख्याल गरौं र दीर्घजीवी गराउँm भन्ने अभियान चल्ने विश्वास छ,’ उनले भने, ‘घर छोडेर सहर पस्ने छोराछोरी र बुहारीलाई गाउँ फर्काउन पनि यस अभियानले मद्धत पुग्नेछ ।’ आफ्नै स्याहार सुसार गर्ने बुहारी सम्मानित भएकामा मानबहादुले खुसी व्यक्त गरे । उनी हिंडडुल गर्न सक्दैनन् । श्रीमतीको मृत्यु भएको २८ वर्ष भइसक्यो । ‘बुहारीको स्याहारसुसारले यति धेरै बाँचियो,’ उनले भने, ‘सुसार नगर्ने बुहारी भएको भए उहिल्यै मरिसक्थें ।’ बुहारी रेश्माले घरका अगुवाको हेरचाह र पालनपोषण गर्नु आफ्नो कर्तव्य भएको बताइन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् ।

पूर्वगृह सहायक मन्त्रीसमेत रहेका ९७ वर्षीय टंकबहादुर विष्ट पनि अहिले बुहारीकै सहयोग र भरोसामा छन् । बुहारी शारदाको स्याहारले आफू अहिलेसम्म निरोगी रहेको उनले सुनाए । ‘उनी कस्ती हुन् भन्ने घरभित्र भन्दा बाहिरकाले मूल्यांकन गरेका रहेछन्,’ उनले भने, ‘आज आफ्नै बुहारीलाई सम्मान गर्न पाइयो ।’ नगरपालिकाद्वारा आयोजित ज्येष्ठ नागरिकको संरक्षण गर्ने कार्यक्रममा उनी प्रमुख अतिथि थिए । तर, सम्मानकै बेला मात्र आफ्नी बुहारी सम्मानित भएको जानकारी पाएको उनले बताए ।

नगरपालिकाले सम्मानसँगै ज्येष्ठ नागरिकको नि:शुल्क आँखा जाँच, उपचार, उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । नगरप्रमुख कक्षपतिले ज्येष्ठ नागरिकका लागि दु:खसुख साट्ने केन्द्र निर्माण गर्न लागिएको बताए ।

डाक्टरी पेसा छोडेर आमाको हेरचाह 
‘गरिबका डाक्टर’ भनेर उपनाम पाएका प्यूठानका डा. लेखराज सुवेदीले काठमाडौंको शिक्षण अस्पतालमा धेरै वर्ष बिरामीको सेवा गरे । ९४ वर्षीया आमा अपा गाउँ छोडेर सहर जान नमानेपछि उनको स्याहारसुसार गर्न उनी १५ वर्षअघि गाउँ नै फर्किए ।

अहिले जन्मघरमै आमाको स्याहारसुसार गर्दै छन् । आमाको आशीर्वादले सेवामा सन्तुष्टि मिलेको उनले बताए । ‘म यसैमा खुसी छु,’ उनले भने, ‘केटाकेटी र वृद्धवृद्धा अरूको मायाले दीर्घजीवी बन्ने हुन् ।’ अग्रजलाई पाल्नु सन्तानको जिम्मेवारी भए पनि अहिलेको समाजमा त्यस्तो संस्कार हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।

कान्तिपुरको अनलाईन संस्करण  https://www.kantipurdaily.com/pradesh-5/2018/10/03/153854817835495443.html मा प्रकासित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...