News Portal

रेडियो सुन्नुहोस्

स्थानीयले रंगेहात समातेर बुझाएका बलात्कारीलाई प्रहरीले झ्यालबाट भगाएपछि ललितपुरमा तनाव

आक्रोसित स्थानीयको घेराबन्दीमा परेपछि प्रहरीले चौकि छोडे

सिखबरअसोज १८
१३६६ पटक
असोज १८

स्थानीयको आक्रोशित भिडको घेराबन्दीमा परेपछि ललितपुरस्थित इलाका प्रहरी कार्यालय टंगोलका प्रहरीहरु चौकी छोडेर भागेका छन् ।

घरको कोठाभित्रै घुसी १३ बर्षीया बालिका बलात्कारको प्रयास गर्ने एक युवकलार्इ रंगेहात समातेर प्रहरीलाई बुझाउदा समेत स्वयम् प्रहरीले नै स्थानीयलाई गुमराहमा राखेर अपराधी भगाएको भन्दै आक्रोशित भीडले चौकी घेराउ गरेको छ ।

चौकीभित्र कोठामा राखेका युवक झ्यालबाट भागेको भन्दै खोज्ने बहानामा सबै प्रहरी कार्यालय छोडेर फरार भएको महाकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले संचारकेन्द्रलाई बताए ।जिल्लाको महाकाल गाउपालिका गोटिखेलमा बुधबार राति एक युवकले स्थानीय १३ बर्षीया बालिकालाई उनकै घरको कोठामा घुसेर बलात्कारको प्रयास गरेका थिए ।

आफ्ना भित्रि बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुलाले देखेपछि ति युवक नांगै भागेका थिए ।बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ति युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टंगोलमा  बुझाएको थियो । तर बिहिबार प्रहरीले ति युवकलाई मिलेमतोमा भगाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

‘बाहिर चौकीको अगाडी हामी सँगै बसेका छौं, भित्र कोठामा लागेको अपराधी पछाडि झ्यालबाट भगाए’ प्रमुख दाहालले संचारकेन्द्रसँग भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि, हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।

–सञ्चारकेन्द्र डक कम

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...