News Portal

रेडियो सुन्नुहोस्

स्थानीयले रंगेहात समातेर बुझाएका बलात्कारीलाई प्रहरीले झ्यालबाट भगाएपछि ललितपुरमा तनाव

आक्रोसित स्थानीयको घेराबन्दीमा परेपछि प्रहरीले चौकि छोडे

सिखबरअसोज १८
१३७७ पटक
असोज १८

स्थानीयको आक्रोशित भिडको घेराबन्दीमा परेपछि ललितपुरस्थित इलाका प्रहरी कार्यालय टंगोलका प्रहरीहरु चौकी छोडेर भागेका छन् ।

घरको कोठाभित्रै घुसी १३ बर्षीया बालिका बलात्कारको प्रयास गर्ने एक युवकलार्इ रंगेहात समातेर प्रहरीलाई बुझाउदा समेत स्वयम् प्रहरीले नै स्थानीयलाई गुमराहमा राखेर अपराधी भगाएको भन्दै आक्रोशित भीडले चौकी घेराउ गरेको छ ।

चौकीभित्र कोठामा राखेका युवक झ्यालबाट भागेको भन्दै खोज्ने बहानामा सबै प्रहरी कार्यालय छोडेर फरार भएको महाकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले संचारकेन्द्रलाई बताए ।जिल्लाको महाकाल गाउपालिका गोटिखेलमा बुधबार राति एक युवकले स्थानीय १३ बर्षीया बालिकालाई उनकै घरको कोठामा घुसेर बलात्कारको प्रयास गरेका थिए ।

आफ्ना भित्रि बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुलाले देखेपछि ति युवक नांगै भागेका थिए ।बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ति युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टंगोलमा  बुझाएको थियो । तर बिहिबार प्रहरीले ति युवकलाई मिलेमतोमा भगाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

‘बाहिर चौकीको अगाडी हामी सँगै बसेका छौं, भित्र कोठामा लागेको अपराधी पछाडि झ्यालबाट भगाए’ प्रमुख दाहालले संचारकेन्द्रसँग भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि, हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।

–सञ्चारकेन्द्र डक कम

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...