News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अझै काकाकुल, सुक्दै छन ग्रामीण क्षेत्रका मुल

झुलेनी नेटवर्क१६ फागुन २०७९
७४९ पटक
१६ फागुन २०७९

खानेपानीको समस्या समाधान गर्न बर्सेनी करोडौं रुपैया खर्च भएपनि पानीका मुहान सुक्दै गएकाले जिल्लाको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या थपिदै गएको छ । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा जथाभावि डोजर, एक्साभेटर लगायत मेसिनरी औजार अत्याधिक प्रयोगका कारण पानीका मुहान सुक्दै गएका हुन् ।

खानेपानीका मुहानलाई नोक्सान हुनेगरि सडक निर्माण गर्दा जिल्लामा खानेपानीको समस्या बढ्दै गएको खानेपानी तथा सरसफाई डीभिजन कार्यालय प्यूठानका प्राविधिक शाखा प्रमुख खगेन्द्र खत्रीले बताए ।
जिल्लामा हालसम्म निर्माण भएका बिभिन्न योजना मार्फत ८५ प्रतिशत जनताले आधारभूत खानेपानीको उपभोग गरेको तथ्यांक कार्यालयमा छ ।

बर्षौ पहिले देखिको यो तथ्यांक बढेको छैन । पूराना निर्माण सम्पन्न भएका योजनाहरुमा पानीको स्रोत सुकेको कारण खानेपानीको समस्या पूर्ण रुपमा समाधान गर्न नसकिएको कार्यालयको भनाइ छ ।

जिल्लामा संघिय र प्रदेश सघन खानेपानी योजना अन्तर्गत कार्यलयमा बजेट आउने गरेको छ ।

नयॉ र पूराना योजनाहरुको मर्मत गर्न बार्षिक झण्डै ३० देखि ३५ करोडको हाराहारीमा बजेट खर्च हुने गरेको छ ।
‘पूराना योजनाहरुमा पानीमा मुहान सुक्दै गएका छन्,’ खत्रीले भने, ‘हामीले योजना निर्माण गर्दाको लाभान्वित तथ्यांक राखेका छौं ।

बिग्रेका योजनाहरुको अपडेट नियमिति छैनन् ।’ जिल्लामा दर्जनौ पूराना योजनामा पानीका मुहान सुकेका कारण पछिल्ला वर्षहरुमा लिफ्टिङ प्रविधि मार्फत योजनाहरु निर्माण भइरहेको खत्रीले बताए ।

‘पूराना योजनाहरुमा पानी सुकेपछि लिफ्ट योजना बनाइरहेका छौ,’ उनले भने, ‘लिफ्ट योजनाहरुमा बिद्युतको समस्या यत्तिकै छ ।’
लिफ्ट योजनाहरुमा विद्युत प्राधिकरण कार्यालयले बिद्युत जडान गर्न आनाकानी गरेको खानेपानी उपभोत्ता समितिमा बसेका पदाधिकारीहरु बताउछन् । खानेपानी उपभोक्ता समिति कार्यालयमा बिद्युत जडानमा समस्या भएको भन्दै गुनासो गर्न आउने गरेपनि खानेपानी र बिद्युत कार्यालयको कुरा बाँझिदा दर्जनौ योजना हरु अधुरै छन् ।

यसवर्ष संघ र प्रदेश मार्फत आएको बजेटले ३० वटा लिफ्ट खानेपानी योजनाहरु सम्पन्न हुने चरणमा पुगेको कार्यालयले जनाएको छ । प्यूठानमा रहेको डिभिजनले प्यूठान र रोल्पालाइ हेर्ने जिम्मेवारी छ ।
‘कर्मचारी अभावले गर्दा काम गर्ने बातारण नै बनेको छैन्,’ उनले भने, ‘तैपनि काम सकेको काम गरेका छौ ।’ ‘क्रमागत योजनाका कारण बजेट एकैपटक आउदैन’, उनले भने, ‘यसले गर्दा योजनाहरु समयमै पूरा गर्न समेत समस्या हुन्छन् ।’

त्यस्तो अवस्थामा कार्यालयले पाइपहरु खरिद गरेर राख्ने गरेको जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ७० प्रतिशत प्रगति गरेको थियो । यस आर्थिक वर्षको हालसम्म ४५ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...