News Portal

रेडियो सुन्नुहोस्

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा झिमरुकद्वारा लोक गीत प्रतियोगिताको आयोजना

दीपेन्द्र सुनार २०७९ फागुन २१, प्यूठान
१४०२ पटक
२०७९ फागुन २१, प्यूठान

प्युठानको झिमरुक गाउँपालिकाले ११३औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत प्रतियोगीता आयोजना गर्ने भएको छ। “लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ यहीँ मिति २०७९फागुन २४ गतेका दिन ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले बताए ।

उनका अनुसार लैङ्गिक समानता र लैङ्गिक दिशा न्यूनीकरणमा सहयोग पुग्ने उदेश्यका साथ लोक गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएकाले झिमरुक गाउँपालिका क्षेत्र भित्र रहेका महिला समुह , आमा समुहहरुलाई समुहगत रुपमा प्रतियोगितामा सहभागी हुन पोख्रेलले अनुरोध गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १४००० र प्रमाणपत्र , दोर्स्रो हुनेले नगद रु १२००० र प्रमाणपत्र , तेर्स्रो हुनेले नगद रु १००००र प्रमाणपत्र सान्त्वना हुनेले नगद रु ८००० र प्रमाणपत्र पाउनेछन् । साथैप्रतियोगितामा सहभागी समुहहरुलाई नियमअनुसार यातायात खर्च र प्रमाणपत्र समेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...