News Portal

रेडियो सुन्नुहोस्

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा झिमरुकद्वारा लोक गीत प्रतियोगिताको आयोजना

दीपेन्द्र सुनार २०७९ फागुन २१, प्यूठान
१११८ पटक
२०७९ फागुन २१, प्यूठान

प्युठानको झिमरुक गाउँपालिकाले ११३औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत प्रतियोगीता आयोजना गर्ने भएको छ। “लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ यहीँ मिति २०७९फागुन २४ गतेका दिन ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले बताए ।

उनका अनुसार लैङ्गिक समानता र लैङ्गिक दिशा न्यूनीकरणमा सहयोग पुग्ने उदेश्यका साथ लोक गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएकाले झिमरुक गाउँपालिका क्षेत्र भित्र रहेका महिला समुह , आमा समुहहरुलाई समुहगत रुपमा प्रतियोगितामा सहभागी हुन पोख्रेलले अनुरोध गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १४००० र प्रमाणपत्र , दोर्स्रो हुनेले नगद रु १२००० र प्रमाणपत्र , तेर्स्रो हुनेले नगद रु १००००र प्रमाणपत्र सान्त्वना हुनेले नगद रु ८००० र प्रमाणपत्र पाउनेछन् । साथैप्रतियोगितामा सहभागी समुहहरुलाई नियमअनुसार यातायात खर्च र प्रमाणपत्र समेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...