News Portal

रेडियो सुन्नुहोस्

बहाने बजार अनुगमन

झुलेनी पोष्ट२०७९फागुन२३, प्यूठान
९५० पटक
२०७९फागुन२३, प्यूठान

नौबहिनी गाउँपालिकाको मूख्य बजार, बहाने बजार अनुगमन गरिएको छ । नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगर र प्रमुख प्रशाकिय अधिकृत शिवराज पौडेल लगाएतको टोलीले बहाने बजार आसपासका पसल तथा खोकाहरुको अनुगमन गरेका हुन् । ब्यवसाय दर्ता तथा नबिकरण, खाद्यान्न बस्तु म्यादको अवस्था लगाएतका बारेमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बजारमा ब्यवसाय दर्ता गरेका तर पुनः नबिकरण नगरिएको पसल तथा खोकाहरु फेला परेका थिए । त्यस्तै कतिपय पसलहरुमा म्याद गुज्रिएका सामाग्रीहरु भेटिएका थिए । आउदो १५ दिन भित्रमा नबिकरण नगरिएका पसल तथा खोका व्यवासायीहरुलाई व्यवसाय पुनः नबिकरण गर्न र म्याद गुज्रिएका खाद्य बस्तुहरु तुरुन्त हटाउन निर्देशन दिइएको छ । अनुगमनमा नौबहिनी गाउँपालिका उपाध्यक्ष विष्णा थापा, उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु केसी, सचिव कृष्ण केसी, स्थानीय पत्रकार महेश थापा लगाएतको उपस्थिती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...