News Portal

रेडियो सुन्नुहोस्

फुटपाथको व्यापारले व्यवसायी मर्कामा

झुलेनी पोष्ट२०७९फागुन२५ प्यूठान
१६९० पटक
२०७९फागुन२५ प्यूठान

फुटपाथको व्यापारले व्यवसायीहरु मर्कामा परेका छन् । मासिक १०देखी १५ हजार भाडा र नगरपालिकालाई कर तिर्दै आइरहेका व्यवसायीहरु फुटपाथका व्यापारीले पसल अगाडी आएर व्यापार गर्दा मर्कामा परेको व्यवसायीहरुको गुनासो छ ।
विजुवारमा फलफुल तथा तरकारी व्यवसाय गर्दै आइरहेकी साबित्रा केसीले भनिन् “फुटपाथका व्यापारीले पसल अगाडी आएर व्यापार गर्दा हामीलाई समस्या भएको छ ।” हामीले मासिक १५ हजार भाडा तिरेर व्यापार गरिरहेका छौ तर उनीहरुले सित्तैमा व्यापार गरिरहेका छन् । उनीहरुले भाडा तथा व्यवसाय दर्ता नगरी व्यापार गर्दा सस्तोमा दिने भएकाले ग्राहकहरुले उतैबाट सामान खरिद गर्छन् । बिहानदेखी साझ, राती सम्म वस्दा पनि हामीलाई भाडा तिर्नै पुग्दैन् । उनले भनिन्, “फुटपाथका व्यापारीलाई हटाउने विषयमा फलफुल तथा तरकारी व्यवसायी समितीसँग पटक पटक छलफल भएता पनि यहाँका स्थानीयले व्यापार गर्न दिनुपर्छ भन्दै प्रोत्साहन गरिरहेका छन् ।”
उता प्यूठान नगरपालिकाले यो विषयमा तत्काल किसानहरुलाई हटाइहाल्नपर्ने स्थिती नभएको भन्दै पन्छिन खोजेको छ । दर्ता नगरी सञ्चालनमा रहेका व्यापार व्यवसायहरु तत्काल दर्ता गरी सञ्चालन गर्न पहल गर्ने नगर प्रमुख विष्णु बहादुर योगीले बताए । उनले भने, “यो विषयमा तत्काल कुनै योजना छैन तर व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी सोचिरहेका छौँ ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...