News Portal

रेडियो सुन्नुहोस्

फुटपाथको व्यापारले व्यवसायी मर्कामा

झुलेनी पोष्ट२०७९फागुन२५ प्यूठान
१६६८ पटक
२०७९फागुन२५ प्यूठान

फुटपाथको व्यापारले व्यवसायीहरु मर्कामा परेका छन् । मासिक १०देखी १५ हजार भाडा र नगरपालिकालाई कर तिर्दै आइरहेका व्यवसायीहरु फुटपाथका व्यापारीले पसल अगाडी आएर व्यापार गर्दा मर्कामा परेको व्यवसायीहरुको गुनासो छ ।
विजुवारमा फलफुल तथा तरकारी व्यवसाय गर्दै आइरहेकी साबित्रा केसीले भनिन् “फुटपाथका व्यापारीले पसल अगाडी आएर व्यापार गर्दा हामीलाई समस्या भएको छ ।” हामीले मासिक १५ हजार भाडा तिरेर व्यापार गरिरहेका छौ तर उनीहरुले सित्तैमा व्यापार गरिरहेका छन् । उनीहरुले भाडा तथा व्यवसाय दर्ता नगरी व्यापार गर्दा सस्तोमा दिने भएकाले ग्राहकहरुले उतैबाट सामान खरिद गर्छन् । बिहानदेखी साझ, राती सम्म वस्दा पनि हामीलाई भाडा तिर्नै पुग्दैन् । उनले भनिन्, “फुटपाथका व्यापारीलाई हटाउने विषयमा फलफुल तथा तरकारी व्यवसायी समितीसँग पटक पटक छलफल भएता पनि यहाँका स्थानीयले व्यापार गर्न दिनुपर्छ भन्दै प्रोत्साहन गरिरहेका छन् ।”
उता प्यूठान नगरपालिकाले यो विषयमा तत्काल किसानहरुलाई हटाइहाल्नपर्ने स्थिती नभएको भन्दै पन्छिन खोजेको छ । दर्ता नगरी सञ्चालनमा रहेका व्यापार व्यवसायहरु तत्काल दर्ता गरी सञ्चालन गर्न पहल गर्ने नगर प्रमुख विष्णु बहादुर योगीले बताए । उनले भने, “यो विषयमा तत्काल कुनै योजना छैन तर व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी सोचिरहेका छौँ ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...