News Portal

रेडियो सुन्नुहोस्

कहिले सुध्रिएला नागरिकको बानी

झुलेनी नेटवर्क २०८० बैशाख १४
६८९ पटक
२०८० बैशाख १४

भनिन्छ तस्बिरले सबै चिज बोल्छ । यहाँ दर्जनौ मानिसहरु पिच गरेको सडकमा मेसिनरी औजारमा काम गरिरहेको देखिन्छ ।

हो, स्वर्गद्वारी नगरपालिका वडा नं. ३, स्थित किमिचौरमा स्थानीयले थ्रेसरबाट गहुँ झाँट्दै गरेका छन् ।

उनिहरुले काम गरिहेको ठाउँ नजिकै एम्बुलेन्स रोकिराखेको अवस्थामा देख्न सकिन्छ ।

एम्बुलेन्स, दमकल, प्रहरीको गाडि जहिल्यै हतारमा हुने भएकाले सडक र सडक क्षेत्र खाली हुनुपर्ने हो ।

“सार्वजनिक सडक” भन्नाले कसैको निजी भोगचलनमा नरहेको सडक सम्झनु पर्छ र सो शब्दले त्यस्तो सडकमा पर्ने सबै किसिमका पुल, कज्वे, कलभर्ट, साईकल मार्ग र फूटपाथलाई समेत जनाउँछ ।

सार्वजनिक सडक ऐन, २०३१ ले सडकको बारेमा यसरी परिभाषित गरे पनि स्थानीयले सडक जाम गरेर काम गरिरहेका छन् ।

अत्यन्तै जरुरी अवस्थामा एम्बुलेन्स सवार भएको भए स्थानीयका कारण बिरामीको बिच सडकमै ज्यान जाने खतरा हुनसक्छ।

ऐन अनुसार सडकको रेखदेख र मर्मत गर्न सकिने प्रावधान छ तर सडक र सडक क्षेत्र ओगटेर निजि प्रयोजनका लागि काम गर्न पाइदैन ।

तर सार्वजनिक सम्पत्तिमा मनपरी गर्नु नागरिकको मौलिक अधिकारमा पर्दैन ।

आफूलाई पर्दा मनपरी गर्ने र अरुलाई पर्दा वास्ता नगर्ने नागरिकको बानि कहिले सुध्रिएला !

नागरिकले सार्वजनिक सडकनै अवरुद्ध हुनेगरि काम गर्दा प्रहरीले देख्दैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...