News Portal

रेडियो सुन्नुहोस्

पत्रकारले यौन प्रस्ताव नमान्दा मन्त्रीले जागिर खाइदिएको खुलासा

सिखबर संवाददाताकात्तिक ५ काठमाण्डाैं
१७९० पटक
कात्तिक ५ काठमाण्डाैं

प्रदेश नं । ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले एक जना महिला पत्रकारले यौन प्रस्ताव नमान्दा जागिर खाइदिएको खुलासा भएको छ । तर, घटना हालसालैको नभएर १५ वर्ष अघिको हो ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका स्थापितको यौन प्रस्ताव नमान्दा पत्रकार रश्मिला प्रजापतिको जागिर नै खुस्केको थियो । यो कुरा रश्मिला आफैले सामाजिक संजालमा बताएकी छन् । उनले नेपालीका राजनीतिज्ञ, व्यपारी, कलाकार, मिडिया मालिकबाट महिलामाथि यौन हिंसा भइरहेको बताएकी छन् ।

रश्मिलाले हालै सामाजिक संजालमा आफूमाथि स्थापितले यौन हिंसा गरेको खुलासा गरेकी हुन् । महिलामाथि हुने यौनहिंसा सम्बन्धी अभियान ‘मि टु मुभमेन्ट’मा सहभागिता जनाउदै पत्रकार प्रजापतिले उक्त कुराको खुलासा गरेकी हुन् । हुन त यसअघि यसबारे केही संचारमाध्यमहरुमा लेख नै लेखेकी थिइन् । तर, फेसबुकबाटै मन्त्री स्थापितको चरित्रमाथि प्रश्न उठाउँदै पहिलोपटक लेखेकी हुन् ।

स्थापितले अहिले पनि अन्य महिला पत्रकारहरुलाई यौन शोषण गरिरहेको आफूले थाहा पाएको उनले लेखेकी छन् । केशव स्थापित ‘सेक्सुअल प्रेडेटर’ रहेको आफूले अहिले पनि संसारलाई भन्न चाहेको प्रजापतिले उल्लेख गरेकी छन् ।

यस्तो छ रश्मिलाको स्टाटसः

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...