News Portal

रेडियो सुन्नुहोस्

अब प्यूठानमै हेल्थअसिस्टेन्ट एच ए पढ्न पाइने

झुलेनी नेटवर्क२०८० श्रावण ७
११७७ पटक
२०८० श्रावण ७

जिल्लामा अब ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सि टी ई भि टी) बाट मान्यता प्राप्त प्युठानको पहिलो फोर्टिनाईन मल्टिटेक्निकल ईन्स्टिच्युट प्रा. लि बिजुवारमा यस वर्षदेखि ३ वर्षे हेल्थ असिस्टेन्ट एचए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको ईन्स्टिच्युटका अध्यक्ष खिमप्रसाद पार्धेले जानकारी दिए ।

विगत लामो समयदेखि प्यूठान जिल्लामा स्वास्थ्य सम्बन्धि पन्ध्र महिने सि.एम.ए र ल्याव टेक्निसियन अध्यापन गराउँदै आएको ईन्स्टिच्युटले यस बर्षदेखि ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सञ्चालन गर्न लागेको हो । ३ वर्षे एच.ए तर्फ पहिलो बर्ष ४० जना विद्यार्थी र ल्याव टेक्निसियनतर्फ ३० जना विद्यार्थीलाई अध्यापन गराईने भएको छ ।

जिल्ला मै स्वास्थ्य सम्बन्धि  डिप्लोमा कोर्स पढाई हुने भएपछि आर्थिक समस्याले बाहिर गएर पढ्न नसक्ने विद्यार्थीहरुलाई सहज हुने भएको छ । यसको लागि ईन्स्टिच्युटले विद्यार्थी भर्नाको लागि फारम भर्न सुरु गरिसकेको जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...