प्यूठानको झिमरुक गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । गत आइतबार नागरिकता बनाउन खलगां हिडेका झिमरुक गाउँपालिका १ का ५३ बर्षिय लाल बहादुर रोका आज मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
झिमरुक गाउँपालिकाको मच्छि र सौतामारे जाने कास्ले खोली बाटो छेउमा आजा बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । साथै मृतकको सनाखत भईसकेको र शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल विजुवार लिने तयारीमा रहेको बताईएको छ ।