प्यूठानमा करेन्ट लागेर फेरी एक जनाको ज्यान गएको छ । बुधबार झिमरुक गाउँपालिका ६ चिचिण्डेका ५४ वर्षिय धन बहादुर पुन मगरको मृत्यु भएको हो । मलामी गएर फर्किने क्रममा ५ नं वडा चुधारा निवासी रामचन्द्र भट्टराईले लगाएको नाङ्गो करेन्ट तारमा परि उनको मृत्यु भएको वडा अध्यक्ष धन बहादुर पुन मगरले जानकारी दिए । उनका अनुसार मकै बाली जोगाउन बदेलको लागि बारीमा करेन्ट थापिएको थियो ।
उता मंगलबार प्यूठान नगरपालिकाका ३ सापडाँडामा पनि ५४ वर्षिय सेते खड्का को मृत्यु भएको थियो । उनले पनि मकै बालीमा करेन्ट थापेको बताइएको छ । प्यूठानमा २ दिनमा २ जनाको करेन्टमा परि मृत्यु भएको छ ।