News Portal

रेडियो सुन्नुहोस्

प्युठानका २७ बर्षिय राज कुमारको दुबै मृगौला फेल ,उपचारमा समस्या

बोम बहादुर परियारभदौ ६
६५९ पटक
भदौ ६

प्युठान नगरपालिका ४ बिजुवार गाजुरी घर भएका राजकुमार नेपालीको दुबै मृगौलाले काम गर्न छाडे पछि अहिले उपचारमा समस्या भएको छ ।२०७९ पौष महिनादेखि स्वास्थ्यमा समस्या आएपछि जाँच गराउँदा मृगौलामा समस्या देखिएको थियो । अहिले उनको दाङमा उपचार भईरहेको उनका बुबा नबिन नेपालीले बताए।

२७ बर्षिय राजकुमार परिवारका जेठो छोरा हुन । उनका बुवा नबिन नेपालीले बिजुवारमा साइकल मर्मतसम्बन्धी व्यबसाय गर्छन । भारतको दिल्ली स्थित एक अस्पतालमा अवको केहि महिनामै राजकुमारको मृगौला प्रत्यारोपण गर्ने भनिएपनि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । मृगौला प्रत्यारोपणको लागि १० देखि १२ लाखसम्म खर्च लाग्ने अस्पतालले अनुमान गरेको भन्दै उनको परिवारले आर्थिक सहयोगको आव्हान गरेका छन् ।

राजकुमारको एक छोरा र एक छोरी छन् । कमाउने ब्यक्ति नै बिस्तारामा थलिएपछि परिवार चिन्तित बनेका छन् । हालसम्म उपचार गर्दा लाखौं रकम सकिसकेको र थप उपचारका लागि आर्थिक समस्या भएकाले सबैले सक्दो सहयोग गर्न परिवारले अनुरोध समेत गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...