News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य सम्बन्धि सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न

झुलेनी नेटवर्क२०८० भदौ १९
११५३ पटक
२०८० भदौ १९

स्वास्थ्य सम्बन्धि सम्पादित कार्यक्रमहरुको बार्षिक जिल्ला स्तरीय समिक्षा गोष्ठी प्यूठानमा सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा दुई दिने गोष्ठी मंगलबार स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० मा भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा २०८०/०८१ का लागि कार्ययोजनाको निर्माण समेत गरिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्चेन अधिकृत कौशल राज बैद्यले जानकारी दिए ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये स्वास्थ्य सुचकको आधारमा ऐरावती गाउँपालिका पहिलो, मल्लरानी गाउँपलिका दोस्रो, गौमुखी गाउँपालिका तेस्रो भएको छ भने स्वास्थ्य संस्थाका हिसाबले पहिलो देविस्थान स्वास्थ्य चौकी, दोस्रो धरमपानी स्वास्थ्य चौकी र तेस्रो सापडाँडा स्वास्थ्य चौकी रहेको बताइएको छ । पुरस्कृत हुने पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य संस्था प्रमुखहरुलाई दोसल्ला र प्रमाणपत्र ले सम्मान गरिएको थियो ।

स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुुर जि.सी, विशेष अतिथिमा प्र.जि.अ मदन कोइराला, अतिथिमा तत्थ्याकं अधिकृत प्रदेश स्वास्थ्य निर्देशनालयका डोर बहादुर बस्नेत, जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य सँग सम्बन्धित स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कौशल राज बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...