News Portal

रेडियो सुन्नुहोस्

सरूमारानीले दियो ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सामाग्री

बिबश जि.एम२०८० भदौ २४
८६० पटक
२०८० भदौ २४

सरूमारानी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मान सहित सामाग्री वितरण गरेको छ । गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सामाग्री वितरण गरिएको सरुमारानी गाउँपालिका ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए ।

सरुमारानी गाउँपालिका ४ मा आज आइतबार जेष्ठ नागरिक र अपागंताहरुलाई सामाग्री दिएको हो । वडामा भएका १२ जेष्ठ नागरीकलाई इलोक्ट्रोनिक किट्ली तथा थर्मस दिएको छ भने १० जना अपागंता भएकाहरुलाई अपागंता सहायता सामाग्री वितरण गरिएको वडा अध्यक्ष सोमैले जानकारी दिए । उनका अनुसार अरु वडाले वडा कार्यालयमा बोलाएर दिए पनि ४ नं वडाले घरघरमा पुगी सामाग्री दिएको छ ।

आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार संघिय सरकारबाट प्राप्त बजेट ५ लाख मा ७१ जना जेष्ठ नागरीक र ५२ अपागंता गरि कुल एक सय २३ जनालाई सामाग्री वितरण गरिएको हो । यस अघिको आर्थिक बर्षमा पनि गाउँपालिकाले विभिन्न शिर्षकमा सामाग्रीहरु वितरण गरेको थियो । आर्थिक बर्ष २०८०/०८१ को लागि ३ लाख रुपैया बजेट रहेको बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...