News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा झन्डै २ हजार वरपीपलका छहारी

झुलेनी नेटवर्क२०८० भदौ २५
१२३९ पटक
२०८० भदौ २५

हिजोआज प्यूूठानका विभिन्न क्षेत्रमा अवस्थित वर, पीपल र स्वामीका चौपारीमा तपाई पुग्नुभयो भने देख्नुहुने छ बोटमा रातो मसिले लेखिएको संख्या । त्यो कसैले विनाकारण लेखिएको होइन । डिभिजन कार्यालय प्यूठानले जिल्ला भरमा रहेका वर, पीपल र स्वामीका चौपारीहरुको तथ्यांक संकलन गर्नेक्रममा लेखेको संख्या हो ।

नयाँ वा पूराना पुस्ताले बर, पीपल र स्वामीका रुख लगाएर बनाएको चौपारीको गणना गर्न डिभिजन वन कार्यालय प्यूठानले गत आर्थिक वर्षमा कार्यक्रम नै बनाएको थियो । कार्यालयको आर्थिक वर्ष २०७९/०८० सम्पन्न वर,पीपलका र स्वामीका चौपारी संख्या संकलन कार्यक्रम अनुसार प्यूठान जिल्ला भरमा झन्डै २ हजार  वर,पीपल र स्वामीका छहारी रहेका छन् । डिभिजन कार्यालय प्यूठानका अधिकृत हरी पौडेलले जिल्ला भरमा वर ८ सय ३०, पीपल ९ सय ० र स्वामी १ सय २ वटा अभिलेखिकरण भएको जानकारी दिए । यी चौपारीहरु धेरैजसो वर्षौ पहिले निर्माण भएका रहेको कार्यालयले जनाएको छ । ‘हिजोआज वरपीपल लगाउने चलन हराउदै गएको छ,’पौडेले भने,‘हामीले संकलन गरेको तथ्यांकमा पनि धेरै जसो चौपारीहरु पूरानानै छन् ।’

 

छोराको सम्झनामा चौपारी

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङकी पुतलादेवि बस्नेतले स्थानीय पौवापोखरा क्षेत्रमा लगाइएको पिपलको बोट संरक्षण गर्दै छोराको सम्झनामा चौपारी निर्माण गरेकी छिन् । २०५६ साल असोज १६ गते नेपाल प्रहरीमा कार्यरत छोरा गिरबहादुर बस्नेतको डोल्पामा माओबादी द्धन्द्धको क्रममा मृत्यु भएपछि उनले चौपारी निर्माण गर्दिएकी हुन् । स्थानीय कमान सिह केसीले २०५२ सालमा लगाएको पिपललाई संरक्षण गरेर उनले चौपारी बनाइदिएकी छिन् । पिपल हुर्कदै गएको छ । त्यो चौपारी त्यस क्षेत्रका लागि छहारी बनेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...