News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा झन्डै २ हजार वरपीपलका छहारी

झुलेनी नेटवर्क२०८० भदौ २५
१२५७ पटक
२०८० भदौ २५

हिजोआज प्यूूठानका विभिन्न क्षेत्रमा अवस्थित वर, पीपल र स्वामीका चौपारीमा तपाई पुग्नुभयो भने देख्नुहुने छ बोटमा रातो मसिले लेखिएको संख्या । त्यो कसैले विनाकारण लेखिएको होइन । डिभिजन कार्यालय प्यूठानले जिल्ला भरमा रहेका वर, पीपल र स्वामीका चौपारीहरुको तथ्यांक संकलन गर्नेक्रममा लेखेको संख्या हो ।

नयाँ वा पूराना पुस्ताले बर, पीपल र स्वामीका रुख लगाएर बनाएको चौपारीको गणना गर्न डिभिजन वन कार्यालय प्यूठानले गत आर्थिक वर्षमा कार्यक्रम नै बनाएको थियो । कार्यालयको आर्थिक वर्ष २०७९/०८० सम्पन्न वर,पीपलका र स्वामीका चौपारी संख्या संकलन कार्यक्रम अनुसार प्यूठान जिल्ला भरमा झन्डै २ हजार  वर,पीपल र स्वामीका छहारी रहेका छन् । डिभिजन कार्यालय प्यूठानका अधिकृत हरी पौडेलले जिल्ला भरमा वर ८ सय ३०, पीपल ९ सय ० र स्वामी १ सय २ वटा अभिलेखिकरण भएको जानकारी दिए । यी चौपारीहरु धेरैजसो वर्षौ पहिले निर्माण भएका रहेको कार्यालयले जनाएको छ । ‘हिजोआज वरपीपल लगाउने चलन हराउदै गएको छ,’पौडेले भने,‘हामीले संकलन गरेको तथ्यांकमा पनि धेरै जसो चौपारीहरु पूरानानै छन् ।’

 

छोराको सम्झनामा चौपारी

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङकी पुतलादेवि बस्नेतले स्थानीय पौवापोखरा क्षेत्रमा लगाइएको पिपलको बोट संरक्षण गर्दै छोराको सम्झनामा चौपारी निर्माण गरेकी छिन् । २०५६ साल असोज १६ गते नेपाल प्रहरीमा कार्यरत छोरा गिरबहादुर बस्नेतको डोल्पामा माओबादी द्धन्द्धको क्रममा मृत्यु भएपछि उनले चौपारी निर्माण गर्दिएकी हुन् । स्थानीय कमान सिह केसीले २०५२ सालमा लगाएको पिपललाई संरक्षण गरेर उनले चौपारी बनाइदिएकी छिन् । पिपल हुर्कदै गएको छ । त्यो चौपारी त्यस क्षेत्रका लागि छहारी बनेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...