News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य संम्बन्धी ७ वटा प्रस्ताबहरु पास गर्दै तिज बिशेष दर

बोम बहादुर परियारभदौ २९
१२१० पटक
भदौ २९

धरमपानी स्वास्थ्य चौकीले मासिक समिक्षा बैठक गर्दै तीज विशेष दर खाने कार्यक्रम मनाएको छ ।

सुक्रबार स्वास्थ्य चौकी व्यवस्थापन समिति परिवार, महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य संस्थाका कर्मचारी र मल्लरानी गाउँपालिका ३ नं वडाका कर्मचारी र जनप्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ । मल्लरानी गाउँपालिका ३ नं वडाका अध्यक्ष नोमराज पौडेलले महिलाहरुलाई हरितालिका तीजको शुभकामना दिदै वडाको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनको लागि महिला स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्यकर्मिहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।

उनले सामुहिकतामा बल हुन्छ भन्दै सबै एकजुट भएर लागे धरमपानी स्वास्थ्य संस्थालाई जिल्लामै स्वास्थ्य सुचकको हिसावले पहिलो बनाउन सकिने बताए ।


त्यस्तै धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकारामा पोख्रेलले सबै कर्मचारी तथा जनप्रतिनिधिहरुको सहयोगले गर्दा स्वास्थ्य सुचकका आधारमा मल्लरानि गाँउपालिकामा पहिलो र जिल्लामा दोस्रो नम्बरमा धरमपानी स्वास्थ्य चौकी परेको भन्दै खुसी बाडेका थिए ।  गत आर्थिक बर्ष प्युठान जिल्लामै सबैभन्दा बढि क्षयरोगका बिरामी दर्ता हुने धरमपानी स्वास्थ्य चौकि रहेको बताए ।


कार्यक्रमबाट २०८०/०८१ को बार्षिक कार्ययोजनामा स्वास्थ्य संम्बन्धी सात वटा प्रस्तावहरु पास गरिएको छ ।
परिवार नियोजन सेवा आवश्यक भएका दम्पतीको पहिचान गर्ने, घरमा हुने सुत्केरी सुन्य गराउने, स्वास्थ्य संस्थामा डेन्टलको तालिम माग गर्ने, नसर्ने रोगको सुचि टास गर्ने, खोपको तथ्याकं विश्लेषण गर्ने, क्षयरोग माईक्रोस्कोपिक क्याम्प संचालन गर्ने र व्यक्तिगत फाईल बनाउने लगायतका प्रस्तावहरु छलफलबाट पारित गरिएको हो ।


वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा गरिएको कार्येक्रममा स्वागत मन्तव्य स्वास्थ्य संस्थाका कर्मचारी मुना के.सीले गरेकी हुन् भने कार्येक्रमाको संचालन राममाया गुरुङले गरेकी थिन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...