News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य संम्बन्धी ७ वटा प्रस्ताबहरु पास गर्दै तिज बिशेष दर

बोम बहादुर परियारभदौ २९
१२३२ पटक
भदौ २९

धरमपानी स्वास्थ्य चौकीले मासिक समिक्षा बैठक गर्दै तीज विशेष दर खाने कार्यक्रम मनाएको छ ।

सुक्रबार स्वास्थ्य चौकी व्यवस्थापन समिति परिवार, महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य संस्थाका कर्मचारी र मल्लरानी गाउँपालिका ३ नं वडाका कर्मचारी र जनप्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ । मल्लरानी गाउँपालिका ३ नं वडाका अध्यक्ष नोमराज पौडेलले महिलाहरुलाई हरितालिका तीजको शुभकामना दिदै वडाको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनको लागि महिला स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्यकर्मिहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।

उनले सामुहिकतामा बल हुन्छ भन्दै सबै एकजुट भएर लागे धरमपानी स्वास्थ्य संस्थालाई जिल्लामै स्वास्थ्य सुचकको हिसावले पहिलो बनाउन सकिने बताए ।


त्यस्तै धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकारामा पोख्रेलले सबै कर्मचारी तथा जनप्रतिनिधिहरुको सहयोगले गर्दा स्वास्थ्य सुचकका आधारमा मल्लरानि गाँउपालिकामा पहिलो र जिल्लामा दोस्रो नम्बरमा धरमपानी स्वास्थ्य चौकी परेको भन्दै खुसी बाडेका थिए ।  गत आर्थिक बर्ष प्युठान जिल्लामै सबैभन्दा बढि क्षयरोगका बिरामी दर्ता हुने धरमपानी स्वास्थ्य चौकि रहेको बताए ।


कार्यक्रमबाट २०८०/०८१ को बार्षिक कार्ययोजनामा स्वास्थ्य संम्बन्धी सात वटा प्रस्तावहरु पास गरिएको छ ।
परिवार नियोजन सेवा आवश्यक भएका दम्पतीको पहिचान गर्ने, घरमा हुने सुत्केरी सुन्य गराउने, स्वास्थ्य संस्थामा डेन्टलको तालिम माग गर्ने, नसर्ने रोगको सुचि टास गर्ने, खोपको तथ्याकं विश्लेषण गर्ने, क्षयरोग माईक्रोस्कोपिक क्याम्प संचालन गर्ने र व्यक्तिगत फाईल बनाउने लगायतका प्रस्तावहरु छलफलबाट पारित गरिएको हो ।


वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा गरिएको कार्येक्रममा स्वागत मन्तव्य स्वास्थ्य संस्थाका कर्मचारी मुना के.सीले गरेकी हुन् भने कार्येक्रमाको संचालन राममाया गुरुङले गरेकी थिन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...