News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघ प्यूठानले मनायो आफ्नो स्थापना दिवस

बिबश जि.एम२०८० असोज २०
७९६ पटक
२०८० असोज २०

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आफ्नो २३औं स्थापना दिवस मनाएको छ । शनिबार विहान जुम्री बजारबाट प्रभातफेरी जिल्ला अस्पताल बिजुवार पुगी रक्तदान कार्यक्रम गरि २३औं स्थापना दिवस मनाएको हो । रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले रगत दान गरेका छन् ।

संस्थापक उपाध्यक्ष मेघराज भट्टले आफ्नो पेशागत हकहितको लागि संस्थाको स्थापना गरिएको बताए । पत्रकार महासंघका श्रमजीवि पत्रकारहरुको विचार फरक भएपनि मिसन भने एउटै हुनुपर्ने उनको भनाई थियो । संस्थाका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पछिल्लो समय पेशागत पत्रकारलाई ठूलो चुनौती भएको बताए । हरेक चुनौती सँग जुधेर श्रम गरिरहेका पत्रकारहरुलाई पत्रकार महासंघले जिल्ला देखि केन्द्र तहसम्म प्रोत्साहन गरिनुपर्ने आवश्यकता औल्याए ।

पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले पत्रकारहरुलाई संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिएर अघि बढ्न आग्रह गरे । त्यस्तै जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले पछिल्लो समय पत्रकारहरुले एकअर्कामा अस्वस्थ प्रतिस्पर्धा गर्दा सिंगो महासंघ सँगै पत्रकारहरुलाई असर पुगेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...