News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य बीमा बढाउन स्थानीय तहको भूमिका महत्वपूर्णः साम्सद थापा

झुलेनी नेटवर्क२०८० असोज २०
७६६ पटक
२०८० असोज २०

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले स्वास्थ्य बिमा आम जनताको पहुँचमा पुर्‍याउन स्थानीय तहको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार प्यूठानको नयाँ बजारमा आयोजित बिमामा जनताको पहुँच अभिबृद्धि गर्न स्थानीय तहको भूमिका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थापाले संविधानले प्रत्याभूति गरेको नागरिकको स्वास्थ्यको अधिकारलाई सर्बसुलभ गराउने माध्यम स्वास्थ्य बिमा भएको भन्दै जनताको नजिकको सरकार स्थानीय सरकारले स्वास्थ्य बिमाको संख्या बढाउन जोड दिनुपर्ने बताए ।

 

कार्यक्रमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको परिचय, स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य, स्वास्थ्य बीमा र अन्य बीमा बिच फरक बारे जानकारी गराएका थिए । प्यूठानमा स्वास्थ्य बीमा गर्नेको संख्या निकै कम रहेको तथ्यांक उल्लेख गदै बसौलाले बिमा गर्ने संख्या बढाउन सरोकावाला निकाय संक्रिय हुनुपर्ने कुरामा जोड दिए ।

 

स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा, विशेष अतिथिमा लुम्बिनी प्रदेश सांसद तुल्सीराम शर्मा, निमा गिरी, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रखु, जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख,उपप्रमुख, वडाध्यक्ष, सदस्यहरु, विभिन्न संघसंस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...