News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य बीमा बढाउन स्थानीय तहको भूमिका महत्वपूर्णः साम्सद थापा

झुलेनी नेटवर्क२०८० असोज २०
९६१ पटक
२०८० असोज २०

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले स्वास्थ्य बिमा आम जनताको पहुँचमा पुर्‍याउन स्थानीय तहको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार प्यूठानको नयाँ बजारमा आयोजित बिमामा जनताको पहुँच अभिबृद्धि गर्न स्थानीय तहको भूमिका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थापाले संविधानले प्रत्याभूति गरेको नागरिकको स्वास्थ्यको अधिकारलाई सर्बसुलभ गराउने माध्यम स्वास्थ्य बिमा भएको भन्दै जनताको नजिकको सरकार स्थानीय सरकारले स्वास्थ्य बिमाको संख्या बढाउन जोड दिनुपर्ने बताए ।

 

कार्यक्रमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको परिचय, स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य, स्वास्थ्य बीमा र अन्य बीमा बिच फरक बारे जानकारी गराएका थिए । प्यूठानमा स्वास्थ्य बीमा गर्नेको संख्या निकै कम रहेको तथ्यांक उल्लेख गदै बसौलाले बिमा गर्ने संख्या बढाउन सरोकावाला निकाय संक्रिय हुनुपर्ने कुरामा जोड दिए ।

 

स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा, विशेष अतिथिमा लुम्बिनी प्रदेश सांसद तुल्सीराम शर्मा, निमा गिरी, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रखु, जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख,उपप्रमुख, वडाध्यक्ष, सदस्यहरु, विभिन्न संघसंस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...