News Portal

रेडियो सुन्नुहोस्

गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर डामृमा सुरु

बिबश जि.एम२०८० असोज २३
९६९ पटक
२०८० असोज २३

गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सुरु गरिएको छ । मंगलबार नौबहिनी गाउँपालिका ५ डामृको स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दलराज पुन मगरले जानकारी दिए । उनका अनुसार घरमा हुने सुत्केरीहरुलाई शुन्य बनाउन र स्वास्थ्यलाई गुणस्तरी एवं भरपर्दो बनाउन यो अभियान चलाइएको हो ।

स्वास्थ्य चौकीमा रगतको समुह पहिचान गरि रगत संकलन गर्ने र आवश्यकता अनुसार गर्भवती महिलाहरुले प्रयोग गर्न सकिने गरि कार्य अघि बढाइएको पनि अध्यक्ष पुन मगरले जानकारी दिए । साथै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा जिल्ला अस्पताल प्यूठानका मानसिक रोग विशेषज्ञ डा. पंकज पाठकले मानसिक रोग बारे जानकारी तथा सामान्य चेकजाँच समेत गरेका हुन् ।

वडा अध्यक्ष दलराज पुन मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा रहेका थिए । नौबहिनी गाउँपालिकाको आयोजना तथा नौबहिनी गाउँपालिका ५ डामृको समन्वयमा गरिएको कार्यक्रमको सञ्चालन नौबहिनी स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...