News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १ लाख बढिले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

बिबश जि.एम२०८० असोज २७
५८९ पटक
२०८० असोज २७

प्यूठान जिल्लामा हालसम्म साढे १ लाख बढिले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिएका छन् । आर्थिक बर्ष २०७७/०७८ देखि सुरु गरिएको राष्ट्रिय परिचय पत्र २०८० असोज १८ गतेसम्ममा १ लाख ७ हजार ८ सय ३४ जनाले फर्म भरेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषालका अनुसार पुरुष ७३ हजार ६ सय २३ र महिला ३४ हजार २ सय ११ रहेका छन् । हालसम्म २ हजार २ सय १४ जनाको राष्ट्रिय परिचयपत्र जिल्लामा प्राप्त भईसकेको छ । जसमध्य ५४ पुरुष र १९ महिला गरि ७३ जनाले परिचयपत्र पाइसकेको भुषालले जानकारी दिए । उनका अनुसार नयाँ नागरिकता लिने व्यक्तिहरु सबैले राष्ट्रिय परिचयपत्र बनाउदै आएका छन् ।

जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानले राष्ट्रिय परिचयपत्र बनाउन जिल्लाका ६४ वटै वडामा शिविर समेत सञ्चालन गरेको थियो । शिविरबाट धेरैले राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवेदन दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...