News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा देउसी भैलोबाट उठेको रकम बिपन्न परिवारलाइ दिइयो

बोम बहादुर परियार २०८० मंसिर ५
५७८ पटक
२०८० मंसिर ५

प्यूठानको ऐरावती गाउँपालिका वडा न. ५ का यूवाहरुले तिहारमा देउसी भैलो खेली उठेको रकम बिपन्न परिवारका सदस्यलाई सहयोग गरेका छन ।
स्थानीय सुदन बावु थापाको नेतृत्वमा युवाहरुले भैलो खेलेर ३० हजार ६ सय २५ रुपैया रकम संकलन गरेका थिए । उक्त रकमबाट स्थानीय २ घरका बिपन्न परिवारलाई सहयोग गरिएको हो ।


स्वर्गिय हुम बहादुर पुनको श्रीमती बाटुला पुनलाई २४ हजार नगद, चामल, तेल र वालवालिकाको लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको महेन्द्र माध्यमिक बिद्यालय सरङवेसीका पुर्व बिद्यालय व्यबस्थापन समिती अध्यक्ष एवम भैलो समितीका प्रमुख सुदन बावु थापाले बताए ।


त्यस्तै स्थानीय अर्का श्रीमान गुमाएकि एकल महिला विस्नु थापा लाई पनि चामल तेल र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका विभिन्न परिवारका व्यक्तिहरुलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले स्थानीयको सक्रियतामा देउसी भैलो खेलिएको स्थानीय सुदन बाबू थापाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...