News Portal

रेडियो सुन्नुहोस्

ने.क.पा.(एमाले)को निश्कर्ष ः संकल्प यात्रा पुर्ण रुपमा सफल

झुलेनी नेटवर्क ५ पौष २०८० ,काठ्माण्डौं
६३४ पटक
५ पौष २०८० ,काठ्माण्डौं

नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधबार बसेको सचिवालयको अनौपचारिक बैठकले यात्राको समीक्षा गर्दै यात्रा पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता, सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेको छ ।

मध्यपहाडी यात्राको समीक्षा सहित धारणा सार्वजनिक गर्न विहिबार गर्ने भनिएको पत्रकार सम्मेलनको अघिको कार्यतालिका भने संशोधन भएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पत्रकार सम्मेलन पुस ८ गते दिउँसो एक बजेलाई सारिएको उहाँले बताउनुभयो । ८ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राको धारणा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...