News Portal

रेडियो सुन्नुहोस्

सांसद गिरीको पहलमा प्यूठान अस्पतालका लागि निःशुल्क अप्रेशन टेबल

झुलेनी पोष्ट२०८० पुस १३
७६७ पटक
२०८० पुस १३

प्यूठान अस्पताल बिजुवारका लागि निःशुल्क अप्रेशन टेबल उपलब्ध भएको छ । जिल्ला अस्पतालमा भएको १ मात्र अप्रेशन टेबल जिर्ण अवस्थामा रहेकोले बढ्दो बिरामी चापको कारण नयाँ अप्रेशन टेबल नहुँदा समस्या परेको भन्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीको पहलमा प्यूठान अस्पताललाई १ थान निःशुल्क अप्रेशन टेबल उपलब्ध गराईएको हो।
एक मात्र अप्रेशन टेबलको कारण प्यूठान अस्पताल आउने धेरै बिरामीहरु अर्को जिल्ला पठाउनु पर्ने बाध्यता रहेको प्यूठान अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. राजेन्द्र पौडेलले बताए । हाडजोर्नीका बिरामीहरुको शल्यक्रिया गर्नका लागि छुट्टै टेवल नभएकोले समस्या परेको भन्दै अब टेवल उपलब्ध भएपछि सहज हुने पौडेलको भनाई छ ।

आगामी दिनमा बिरामीको अप्रेशन गर्न केहि सहज हुने उनले बताए ।अप्रेशन टेबलको अभावमा बिरामीले शास्ती नपाउन भन्ने उद्देश्यले प्यूठान जिल्लाबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद गिरीले संघ र प्रदेश स्वास्थ्य मन्त्रालयमा निरन्तर माग गर्दा प्राप्त नभएपछि संघीय सांसद तथा काठमाडौ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मार्फत टेबुल उपलब्ध गराईएको सांसद गिरीले बताईन । उनले भनिन्,– ‘प्यूठानमा स्वास्थ्य क्याम्प गर्न जादा संघीय सांसद शर्मालाई अनुरोध गरी उक्त अप्रेशन टेबल प्यूठान अस्पतालको लागि उपलब्ध गराईएको हो ।’ जर्ज डेन्टल कम्पनीका सञ्चालक उमेश अग्रवालले उक्त टेवल निःशुल्क उपलब्ध गराएका हुन । उक्त टेबल संघीय सांसद सुनिल शर्मा , प्रदेश सांसद निमा गिरीको रोहबरमा डा। राजेन्द्र पौडेललाई हस्तान्तरण गरिएको छ । अब प्युठानीहरुले सामान्य अप्रेशन सुबिधा प्यूठान मै पाउने अपेक्षा गरेको सांसद गिरीले बताईन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...