News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मृत पुरुषको शव फेला

बिबश जि.एम२०८० पुस १४
६६४ पटक
२०८० पुस १४

प्यूठानमा वेवारिसे अवस्थामा १ जना पुरुषको शव फेला परेको छ । जिल्लाको नौबहिनी गाउँपालिका २ लिघा सिलिखन स्थित लिवासी खोलाको बगरमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार मृत पुरुषको उमेर अन्दाजी ३४/३५ बर्ष रहेको छ ।

ईलाका प्रहरी कार्यालय बहाने प्रहरीको टोलीले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार लिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम आइतबार गरिने प्रहरीको भनाई छ ।

शव शनिबार दिउसो २ बजेको समयमा खोलामा माछा मार्ने क्रममा स्थानीयले फेला पारेको नौबहिनी गाउँपालिका २ का स्थानीय अर्जुन घर्ती मगरले जानकारी दिए । शवको पहिचान खुल्न नसकेकाले प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...