News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य संघ प्यूठान स्वर्गद्वारी बजार इलाकामा पशुपति श्रेष्ठको प्यानल विजयी

सिखबर संवाददाताप्यूठान, मङ्सिर -११
११४४ पटक
प्यूठान, मङ्सिर -११

प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको ११औं साधारण सभा तथा ५ औं अधिवेशन मङ्गलबार भिङ्ग्री जलुके धर्मशालामा सम्पन्न भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको नगर बजार उद्योग वाणिज्य संघको पदाधिकारीको लागि संयुक्त व्यवसायी प्यानल र आधिकारिक व्यवसायी प्यानल गरि दुई प्यानल चुनावी मैदानमा रहेका थिए ।

जसमा पशुपति श्रेष्ठ अध्यक्ष रहेको संयुक्त व्यवसायी प्यानल विजय भएको छ । निर्वाचनको मतगणना सम्पन्न भएको छ । यसमा
अध्यक्ष पदका उम्मेदवार पशुपति श्रेष्ठको १६४ मत र टंक प्रसाद योगिको ६५ मत ।

यसैगरी जिल्ला प्रतिनिधि बिष्णु भुसालले १४५ र पूर्ण प्रसाद कालाथोकीको ७५ मत छ । सदस्यमा बिष्णु योगी १५७ केदार प्रसाद श्रेष्ठ१६२ र दान बहादुर रोकाय १६० केशव योगि र गणेश मान कालाथोकी १५२ सुन्दर प्रसाद श्रेष्ठ १४८ रिखिराम १४८गङ्गाराम बि सी १४२ मत सहित विजय भएका छन ।

विजय समुहलाई निर्वाचन सहायक अधिकृत रमेश पौडेलले सपथ खुवाउनु भएको छ । नवनिर्वाचित अध्यक्ष पशुपति श्रेष्ठले आफूले पाएको जिम्मेवारी मिहिनेतको साथमा पूरा गर्ने र सम्पूर्ण व्यवसायी हरुको हितको लागि आफ्नो कार्यकाल सुम्पिने उहाँले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...