News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै ऐरावती गाउँपालिका

बिबश जि.एम २०८० पुस १६
५२० पटक
२०८० पुस १६

ऐरावती गाउँपालिकाले पालिकाभित्रका सरकारी कर्मचारी बाहेकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । सोमबार गाउँपालिकाको १४औं गाउँसभाबाट यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । करार कर्मचारी, मजदुर लगायत इच्छुकलाई गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा जोड्ने कोसीसमा रहेको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए । उनका अनुसार यसबर्ष परिक्षणको लागि वडाबाट कम्तीमा पनि १० जनालाई जोड्ने लक्ष्य लिएको छ ।

साथै गाउँपालिकाले बालबिबाह न्यूनिकरण गर्नको लागि बालबिबाह गरेका बारेमा सबुत प्रमाण सहित जाहेरी दिने व्यक्तिलाई नगद पुरस्कार दिने पनि निर्णय भएको अध्यक्ष शाहले जानकारी दिए । गाउँपालिका भित्र बालविवाह पछिल्लो समय झनै तिव्र रुपमा बढेको पाइएपछि यसलाई रोकथाम गर्न नगद २५ हजार रुपैयाँ दिने १४औं  गाउँसभाबाट पारित भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...