News Portal

रेडियो सुन्नुहोस्

जनस्वाथ्यकर्मीले दुई लाख छुट गराएपछि सुनारको शव अस्पतालबाट निकालियो

सिखबर संवाददाता१२ मंसिर
१३७२ पटक
१२ मंसिर

नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा उपचार खर्च तिर्न नसकेर समस्या परेका रुकुमका टेकेन्द्र सुनारको परिवारलाई सहयोग गरेको छ । काठमाडौँको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा रुकुम मुसिकोट–७ निवासी सुनारको मृत्यु भएको थियो ।

सुनारको उपचारको क्रममा दुई लाख ८० हजार रुपैयाँ खर्च पुगेको थियो तर तिर्न नसकेपछि सुनारको शव आफन्तले निकाल्न सकेका थिएनन् । नेकपाका रुकुम इन्चार्ज नरेन्द्र बिक र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष प्रमोद योगी ‘चिरञ्जिवी’ ले छलफलपछि अस्पताल व्यवस्थापनले दुई लाख छुट गराएको हो । अस्पतालका संचालक श्याम श्रेष्ठले सुनारको उपचार खर्चमध्ये दुई लाख छुट गरेका हुन् । उपचारमा छुटमा भएपछि सुनारका परिवारले शव अस्पतालबाट निकालेका छन् ।

ब्रेन ह्याम्रेजपछि आइसियुमा राखेर उपचार भइरहेको थियो । तर, चिकित्सकहरुले बताउने प्रयास असफल भएको थियो ।
अध्यक्ष योगीले सुनारका परिवारलाई सहयोग गर्न आफूहरुले अस्पताल व्यवस्थापनसँग कुरा गरेर छुट गराएको बताए ।

उनले आफ्नो संगठन विगतदेखि जनताको दुःखमा साथ दिँदै आएको बताए । पीडित परिवार र आफ्नो संगठनको आग्रहमा उपचार खर्चमा उपचारमा दुई लाख छुट गराएको अध्यक्ष योगीले अस्पताल व्यवस्थापनलाई धन्यवाद दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...