News Portal

रेडियो सुन्नुहोस्

गौमुखी संरक्षीत वन क्षेत्र अझै घोषणा भएन

झुलेनी नेटवर्क२०८० पुस २५
६४५ पटक
२०८० पुस २५

नेपाल सरकारबाट २०६९ सालमा स्वीकृत भएको गौमुखी/नौबहिनी संरक्षित क्षेत्र अझै घोषणा हुन सकेको छैन् । संघियता कार्यन्वयन संगै प्रदेश सरकारले संरक्षित वन क्षैत्र घोषणामा ढिलाइ गरेका कारण संरक्षित वन घोषणा हुन नसकेको हो ।

गौमुखी/नौबहिनी र झिमरुक गाउँपालिकाको २६ हजार हेक्टर वन क्षेत्रलाई समेटिएर वनेको संरक्षित वन क्षेत्रको परिषद् समेत गठन भइसकेको छ । परिषद्को अध्यक्ष हाल गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी छन् ।

आइई रिपोर्ट तयार गरेर कार्ययोजना समेत परिषद्बाट अनुमोदन गराएर प्रदेश वन निर्देशालय र मन्त्रालयमा पठाइ सकिएको छ । सबै कानुन प्रक्रिया पूरा गरेर पनि संरक्षित वन घोषणा गर्ने काम प्रदेश सरकारले नगरेको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । ‘जिल्लाबाट गर्ने काम सबै भइसकेको छ,’गुप्ताले भने,‘अव प्रदेश क्याविनेटले निर्णय गरेर घोषणा गर्ने हो ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...