News Portal

रेडियो सुन्नुहोस्

गौमुखी संरक्षीत वन क्षेत्र अझै घोषणा भएन

झुलेनी नेटवर्क२०८० पुस २५
५२१ पटक
२०८० पुस २५

नेपाल सरकारबाट २०६९ सालमा स्वीकृत भएको गौमुखी/नौबहिनी संरक्षित क्षेत्र अझै घोषणा हुन सकेको छैन् । संघियता कार्यन्वयन संगै प्रदेश सरकारले संरक्षित वन क्षैत्र घोषणामा ढिलाइ गरेका कारण संरक्षित वन घोषणा हुन नसकेको हो ।

गौमुखी/नौबहिनी र झिमरुक गाउँपालिकाको २६ हजार हेक्टर वन क्षेत्रलाई समेटिएर वनेको संरक्षित वन क्षेत्रको परिषद् समेत गठन भइसकेको छ । परिषद्को अध्यक्ष हाल गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी छन् ।

आइई रिपोर्ट तयार गरेर कार्ययोजना समेत परिषद्बाट अनुमोदन गराएर प्रदेश वन निर्देशालय र मन्त्रालयमा पठाइ सकिएको छ । सबै कानुन प्रक्रिया पूरा गरेर पनि संरक्षित वन घोषणा गर्ने काम प्रदेश सरकारले नगरेको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । ‘जिल्लाबाट गर्ने काम सबै भइसकेको छ,’गुप्ताले भने,‘अव प्रदेश क्याविनेटले निर्णय गरेर घोषणा गर्ने हो ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...