News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियू क्रान्तिकारीले गर्‍यो अस्पताल सरसफाई

बिबश जि.एम२०८० माघ ६
५८३ पटक
२०८० माघ ६

अनेरास्ववियू क्रान्तिकारी प्यूठानले जिल्ला अस्पताल बिजुवार परिसर सरसफाई गरेको छ । क्रान्तिकारीले शनिबार जिल्ला अस्पताल वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्रा टिपेर एक ठाउँमा व्यवस्थापन गरेको हो ।

सरसफाई मानिसको लागि महत्वपूर्ण भएकाले यस कार्यलाई प्राथमिकतामा राखेको अनेरास्ववियू क्रान्तिकारीलले बताएको छ । साथै अरुले समेत सिको गर्नको लागि सन्देशमुलक हुने भन्दै सरसफाई कार्यलाई अघि बढाईएको नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी संयोजक नमराज अधिकारीले बताए ।

त्यस्तै सरसफाई कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले अक्सिजन सिलिनडरको लागि ट्रली आवश्यक पर्ने भएकाले पहल गरिदिन आग्रह गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले त्यसका लागि छिट्टै पहलका कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...