News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी पातचौरका स्थानीय बिजुली बत्ती माग्दै विद्युत कार्यालयमा

झुलेनी नेटवर्क२०८० माघ १२
६६५ पटक
२०८० माघ १२

पोल, तार पुर्‍याएको लामो समय सम्म पनि बिजुली बाल्न ढिलाई गरेको भन्दै स्थानीय शुक्रबार नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रमा डेलिकेशन आएका छन् । प्यूठानको दुर्गम मानिने नौबहिनी ७ पातचौर क्षेत्रका स्थानीय वडाका निर्वाचित जनप्रतिनिधि लिएर बिजुली बत्ती चाडो जडान गर्न भन्दै नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रको कार्यालय नयाँबजार जुम्रीमा डेलिकेशन आएका हुन् ।

कार्यालयमा धेरै पटक अनुरोध गर्दा पनि विद्युत बाल्नका लागि तत्परता नदेखाएपछि स्थानीय आक्रोशित भएर डेलिकेशन आएको वडाध्यक्ष रोमबहादुर बुढाथोकीले बताए । उनका अनुसार विद्युत बाल्न भन्दै २०७० साल देखि विद्युतको काम सुरु भएको थियो । अझै बिजुली बत्ती बलेको छैन् । वडाको पातचौर, पोखरा, स्याउले, खाल, न्यानलखोला, थात्रा लगायत बस्तिका झन्डै २ सय घरधुरी बिजुली बाल्नबाट बन्चित भएका छन् ।

यस क्षेत्रका सबै बस्तिमा बिजुली बाल्न ठेक्का गरिएका काम अधुरा भएकाले बत्ती बाल्न समस्या भएको नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए । डेलिकेशन आएका स्थानीयलाई केहि दिनमा नै बिजुली बत्ती बाल्ने प्रतिबद्धता गरेर कार्यालयले पठाएको छ । पोल, तार भइसकेकाले ट्रान्समिटर लगेर एक, दुई दिनमै त्यस क्षेत्रमा आफै जाने योजना बनाएको दासले बताए । ‘ट्रान्समिटर लिएर भोली नै पातचौरको पोखरा जाने योजना बनाएका छौ,’उनले भने, ‘एकहप्ता भित्र बिजुली बाल्ने गरी भोलीबाटै काम सुरु गर्दैछौ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...