News Portal

रेडियो सुन्नुहोस्

फाईजर-बायोएनटेक खोप दिने सम्बन्धी सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम

बिबश जि.एम२०८० माघ २२
६१४ पटक
२०८० माघ २२

स्वास्थ्य कार्यालय प्यूठानले फाईजर-बायोएनटेक खोप दिने सम्बन्धी सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार स्वास्थ्य कार्यालयको सभाहलमा कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा १२ बर्ष माथीकाका लागि फाईजर–बायोएनटेक खोपको परिचय, खोप भण्डारण तथा जीवन अवधि, जनशक्ति परिचालन, खोप दिने आधार, अभियान सञ्चालन अवधि र चरण, खोप लगाउन नहुने अवस्था, खोप केन्द्र निर्धारण लगायतको बारेमा जानकारी गराईएको थियो ।

जर्मनद्धारा नेपाललाई प्राप्त भएको फाईजर–बायोएनटेक खोप जिल्लामा ४१ हजार आएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशल राज वैद्यले जानकारी गराएका छन् । उनका अनुसार खोप सोमबार ९ वटै स्थानीय तहमा पुर्‍याईएको र मंगलबार भोलि साँझ सम्म सबै स्वास्थ्य संस्थामा पुग्ने छन् । यहि माघ २४ गतेदेखि २८ गतेसम्म देशैभर एकसाथ खोप लगाउन लागिएको पनि बताईएको छ ।

नागरिकहरुले आ–आफ्नो नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनु हुन समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप केन्द्र रहने स्थानको जानकारी स्थानीय स्वास्थ्य संस्थाबाट प्राप्त गर्न सकिने बताउँदै खोप लगाउन जाँदा यसअघि खोप लगाएको खोप कार्ड अनिवार्य लिएर जान समेत कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...