News Portal

रेडियो सुन्नुहोस्

यसकारण हुन सक्छ बाँझोपन

१३०२ पटक

बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । यस्तो समस्यामा पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् । यसर्थ, दुवैजनाले आ–आफ्नो स्वास्थ्य वेलैमा जाँच गराई समस्याको मूल पहिल्याउनुपर्दछ ।

के हो बाँझोपन

महिलामा रजस्वलाको सुरुवात भएपछि र पुरुषमा वीर्य उत्पादन हुन थालेपछिको शारीरिक सम्पर्कबाट सन्तान उत्पादन हुन्छ । तर, वैवाहिक जीवनपश्चात् नियमित शारीरिक सम्बन्ध राख्दासमेत बच्चा नभएमा बाँझोपनको आशंका गर्नुपर्छ ।

पुरुषमा

पुरुष वा महिला दुवैको कारण बाँझोपनको सम्भावना हुन्छ । पुरुषमा वीर्य उत्पादनमा कमी हुँदा वा नहुँदा, अत्यधिक लागुपदार्थ सेवन गर्दा, सम्भोगमा करिब दुई एमएल वीर्य स्खलन नहुँदा पनि यस्तो समस्या आउन सक्छ । सामान्यतया स्वस्थ व्यक्तिको वीर्यमा शुक्राणुको संख्या चार करोडदेखि १० करोडसम्म हुन्छ । कुल शुक्राणुमध्ये करिब ३५ प्रतिशत शुक्राणुको बनावट गर्भाधान गर्न योग्य हुन्छ । त्यसैले शुक्राणुको मात्रा कम देखिएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलामा

महिलामा भएका विविध समस्याले बाँझोपन निम्त्याउने गर्छ । प्रजनन अंग पूर्ण रूपमा विकसित नहुँदा, डिम्बबाहिनी नली अर्थात् फोलिपियन ट्युबमा अवरोध सिर्जना हुँदा, पाठेघरमा घाउ भएमा, श्वेतप्रदर ९ल्युरोकोरिया०, गर्भाशयमा ग्रिवा सोथ, डिम्बाशयमा सिस्ट हुँदा बाँझोपनको समस्या निम्तिन सक्छ । डिम्ब निष्कासन नहुँदा, थाइराइड ग्रन्थिको हर्मोनमा समस्या देखिँदा, शारीरिक एवं मानसिक तनावलगायतका कारणले पनि महिलामा बाँझोपनको अवस्था निम्तिन्छ ।

लक्षण

अनियमित रूपले महिनावारी हुनु ।

महिनावारी हुने समय अत्यधिक रूपमा तल्लो पेट र कम्मरको भाग दुख्नुका साथै कालो र ढिक्का–ढिक्का रगत बग्नु ।

योनिबाट नियमित रूपमा सेतो पानी बग्नु ।

सम्भोगका वेला पीडा महसुस हुनु, रुचि घटेर जानु ।

यस्ता जोखिममा

लामो समयदेखि परिवारनियोजनको अस्थायी साधन प्रयोग गर्ने मानिस बाँझोपनको जोखिममा हुन्छन् । त्यस्तै, पटक–पटक क्युरेट गराई गर्भपतन गराउँदा, महिनावारी रोक्ने खालका औषधिको बढी प्रयोग गर्दा, शरीरको तौल आवश्यकताभन्दा कम हुँदा पनि बाँझोपनको समस्या हुन सक्छ ।नयाँ पत्रिकाले छापेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...