News Portal

रेडियो सुन्नुहोस्

यसकारण हुन सक्छ बाँझोपन

१२९१ पटक

बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । यस्तो समस्यामा पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् । यसर्थ, दुवैजनाले आ–आफ्नो स्वास्थ्य वेलैमा जाँच गराई समस्याको मूल पहिल्याउनुपर्दछ ।

के हो बाँझोपन

महिलामा रजस्वलाको सुरुवात भएपछि र पुरुषमा वीर्य उत्पादन हुन थालेपछिको शारीरिक सम्पर्कबाट सन्तान उत्पादन हुन्छ । तर, वैवाहिक जीवनपश्चात् नियमित शारीरिक सम्बन्ध राख्दासमेत बच्चा नभएमा बाँझोपनको आशंका गर्नुपर्छ ।

पुरुषमा

पुरुष वा महिला दुवैको कारण बाँझोपनको सम्भावना हुन्छ । पुरुषमा वीर्य उत्पादनमा कमी हुँदा वा नहुँदा, अत्यधिक लागुपदार्थ सेवन गर्दा, सम्भोगमा करिब दुई एमएल वीर्य स्खलन नहुँदा पनि यस्तो समस्या आउन सक्छ । सामान्यतया स्वस्थ व्यक्तिको वीर्यमा शुक्राणुको संख्या चार करोडदेखि १० करोडसम्म हुन्छ । कुल शुक्राणुमध्ये करिब ३५ प्रतिशत शुक्राणुको बनावट गर्भाधान गर्न योग्य हुन्छ । त्यसैले शुक्राणुको मात्रा कम देखिएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलामा

महिलामा भएका विविध समस्याले बाँझोपन निम्त्याउने गर्छ । प्रजनन अंग पूर्ण रूपमा विकसित नहुँदा, डिम्बबाहिनी नली अर्थात् फोलिपियन ट्युबमा अवरोध सिर्जना हुँदा, पाठेघरमा घाउ भएमा, श्वेतप्रदर ९ल्युरोकोरिया०, गर्भाशयमा ग्रिवा सोथ, डिम्बाशयमा सिस्ट हुँदा बाँझोपनको समस्या निम्तिन सक्छ । डिम्ब निष्कासन नहुँदा, थाइराइड ग्रन्थिको हर्मोनमा समस्या देखिँदा, शारीरिक एवं मानसिक तनावलगायतका कारणले पनि महिलामा बाँझोपनको अवस्था निम्तिन्छ ।

लक्षण

अनियमित रूपले महिनावारी हुनु ।

महिनावारी हुने समय अत्यधिक रूपमा तल्लो पेट र कम्मरको भाग दुख्नुका साथै कालो र ढिक्का–ढिक्का रगत बग्नु ।

योनिबाट नियमित रूपमा सेतो पानी बग्नु ।

सम्भोगका वेला पीडा महसुस हुनु, रुचि घटेर जानु ।

यस्ता जोखिममा

लामो समयदेखि परिवारनियोजनको अस्थायी साधन प्रयोग गर्ने मानिस बाँझोपनको जोखिममा हुन्छन् । त्यस्तै, पटक–पटक क्युरेट गराई गर्भपतन गराउँदा, महिनावारी रोक्ने खालका औषधिको बढी प्रयोग गर्दा, शरीरको तौल आवश्यकताभन्दा कम हुँदा पनि बाँझोपनको समस्या हुन सक्छ ।नयाँ पत्रिकाले छापेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...