News Portal

रेडियो सुन्नुहोस्

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

झुलेनी नेटवर्क२०८० फागुन १३
८२६ पटक
२०८० फागुन १३

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी आज प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाँखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको हो ।

दादुरा–रुवेला खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम प्यूठान नगरपालिकालकाका प्रमुख विष्णु योगीले दादुरा –रुवेलाको महामारी नियन्त्रण गर्न यो अभियानलाई सार्थक बनाउनु सबैको दायित्व भएको बताएका छन । उनले यो अभियानलाई सफल र प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन । ९ महिनादेखि ५ बर्ष उमेरका बालबालिकाहरुलाई खोप लगाउन नछुटाउन पनि उनले स्वास्थ्यकर्मी र अभिभावकहलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति प्यूठानका संयोजक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी ले खोप लगाउन कुनै पनि बालबालिका छुट्न नहुने भन्दै यो अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक रहेको बताए ।

खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय प्यूठानले अनुरोध गरेको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई खोप दिने लक्ष्य छ । यसको लागि २५ हजार ५ सय डोज खोप प्राप्त भएर सबै स्थानीय तहरुमा पठाईसकिएको छ ।
सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । प्यूठानमा खोप १३ देखि १९ सम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति प्यूठानका संयोजक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशलराज बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...