News Portal

रेडियो सुन्नुहोस्

खबाङमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

सागर रिजालप्युठान, २१ मंसिर
१४१९ पटक
प्युठान, २१ मंसिर

नौवहिनी गाउँपालिका –४ खबाङमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दुर्गमका नागरिकको स्वास्थ्य समस्या समाधानमा सहयोग पु¥याउने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।
नेपालि काङ्ग्रेस प्युठान काठमाडौ सम्पर्क समिति र नौवहिनि उधोग बाणिज्य संघ बहानेकोको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा मुटुरोग छातिमा समस्या , महिलाको प्रजनन सम्बन्धि समस्या ,लगायतका २सय ५९ जनाले सेवा लिएकोे आयोजक नेपालि काङ्ग्रेस प्युठान काठमाडौ सम्पर्क समितिका अध्यक्ष एवं मुटुरोग बिशेषज्ञ डा.नबराज शर्मा पण्डितले जानकारी दिए । शर्माले प्युठानका दुरदराजमा रहेका नागरिकको स्वास्थ्यमा समस्या रहेकाले जिल्लाका दुर्गममा शिबिर संञ्चालन गर्दै आएको बताए ।
नेपाली काग्रेसका नेता डा. गोविन्द्रराज पोखे्रेलको नेतृत्वमा करिब ६ लाख बराबरको औषधि खरिद गरि निशुल्क बितरण गरिएको सहयोगि निकाय स्वास्थ्य कर्मि संघ प्युठानका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए । शिबिरमा डा. नबराज शर्मा पण्डित ,डा लेखराज सुबेदि,डा.आलोक झा , डा.मिरा कक्षपति, डा .शुभास पौड्याल लगाएतको समुहले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविर जिल्लाका अनेत्र स्थानमा पनि सञ्चालन गरिने नेपाली काग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...