News Portal

रेडियो सुन्नुहोस्

खबाङमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

सागर रिजालप्युठान, २१ मंसिर
१५८४ पटक
प्युठान, २१ मंसिर

नौवहिनी गाउँपालिका –४ खबाङमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दुर्गमका नागरिकको स्वास्थ्य समस्या समाधानमा सहयोग पु¥याउने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।
नेपालि काङ्ग्रेस प्युठान काठमाडौ सम्पर्क समिति र नौवहिनि उधोग बाणिज्य संघ बहानेकोको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा मुटुरोग छातिमा समस्या , महिलाको प्रजनन सम्बन्धि समस्या ,लगायतका २सय ५९ जनाले सेवा लिएकोे आयोजक नेपालि काङ्ग्रेस प्युठान काठमाडौ सम्पर्क समितिका अध्यक्ष एवं मुटुरोग बिशेषज्ञ डा.नबराज शर्मा पण्डितले जानकारी दिए । शर्माले प्युठानका दुरदराजमा रहेका नागरिकको स्वास्थ्यमा समस्या रहेकाले जिल्लाका दुर्गममा शिबिर संञ्चालन गर्दै आएको बताए ।
नेपाली काग्रेसका नेता डा. गोविन्द्रराज पोखे्रेलको नेतृत्वमा करिब ६ लाख बराबरको औषधि खरिद गरि निशुल्क बितरण गरिएको सहयोगि निकाय स्वास्थ्य कर्मि संघ प्युठानका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए । शिबिरमा डा. नबराज शर्मा पण्डित ,डा लेखराज सुबेदि,डा.आलोक झा , डा.मिरा कक्षपति, डा .शुभास पौड्याल लगाएतको समुहले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविर जिल्लाका अनेत्र स्थानमा पनि सञ्चालन गरिने नेपाली काग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...