News Portal

रेडियो सुन्नुहोस्

छिमेकी देशमा ३ घण्टा : यात्रानुभुति

नोमराज पौडेल२०८० फागुन २९
१९४ पटक
२०८० फागुन २९

आफू स्वयंम कृषि क्षेत्रको मान्छे भएपछी साथीहरू पनि एकै क्षेत्रको हुनु स्वभाविक नै हो । फागुनको महिना चिसो बिस्तारै घट्दै थियो तापक्रममा वृद्धि । शिबरात्री र शनिबार लगातार २ दिनको बिदालाई सदुपयोग गर्ने योजना बन्यो । यात्रा सल्यानको तय गरियो । बिहानै अर्घाखाँचीबाट हिडेका हामी छिट्टै कपुरकोट पुग्यौ । चिया नास्ता गर्दै अदुवाबाली अनुसन्धान केन्द्र घुम्यौ । कपुरकोट पुगेपछि नेपालकै उत्कृष्ट तरकारी बजारीकरण बारे अध्ययन गर्ने रहर लागेको थियो त्यसैले कपुरकोट तरकारी बजार व्यव्स्थापन समितिका अध्यक्ष तिलक शर्मासँग केही समय भलाकुसारी गरी निकै अर्थपूर्ण भेटको रुपमा धेरै कुरा सिक्ने मौका मिल्यो ।

सल्यान पुगेपछि शिवरात्रीको दिनमा संखमुल र छाँयाक्षेत्र त पुग्नै पर्‍यो भनेर छाँयाक्षेत्रको यात्रा तय भयो । कपुरकोटसम्म निकै जोखिमपुर्ण यात्रा भएपनि उता चाहिँ बाटो अलि राम्रो रहेछ । शिवरात्री मेलाको कारण हजारौं मानिसहरुको भिड थियो । क्षेत्रको हिसावले हेर्ने हो भने मा मानौ कि यो सल्यान जिल्लाकै सबैभन्दा ठूलो मेला हो । भिड अत्यधिक भएको हुँदा बाटोमा जाम थियो । केही समय पहिले बनेको संखपार्क क्षेत्रमा गाडी राखेर हिडियो मन्दिर भएको क्षेत्रतर्फ । धर्मले मान्छेलाई अनुशासित र लगावयुक्त बनाउँछ भन्ने कुरा, हो जस्तै लाग्यो । साह्रै उकालो बाटो पसिना झार्दै करिब ४५ मिनेटको यात्रा पछि छाँयाक्षेत्र मन्दिरमा पुगियो । सामान्य पुजाआजा गरेपछि फर्कियौं । अनि त्यो दिन दाङतर्फ फर्कियौ । करिब ७ बजे लमही पुगेपछि बास यतै बस्ने मन गर्यौ र होटल मन्त्रमा बास बस्ने निधो गर्‍यौ। दिनभरको समिक्षा गर्दै ओछ्यानमा पल्टिएको एकैछिनमा भुसुक्क निदाईएछ ।

२०८० फागुन २६ गते बिहान उठ्दा ६ बजेको थियो । आजको यात्रा भने निश्चित नभएपछि छलफल गर्न थाल्यौं र कोइलाबासको यात्रा तय गरियो । पहिले ठुलै व्यापारीक स्थल भएको कोइलाबास नेपालीहरुको जमनाको नुन किन्ने केन्द्रको रुपमा चिनिन्थ्यो । पुर्खाले नुन बोक्ने स्थानको पनि अवलोकन गर्ने इच्छाले करिब ७ बजे लमहीबाट यात्रा सुरु भयो । करिब ३३ कि.मी यात्रा, बाटो भने निकै राम्रो, नागबेली ,चिल्लो र गाडीहरु कम हिड्ने सम्म परेको भाग र डाँडाकाँडा गर्दै पुगियो कोइलाबास । जुन अपेक्षाका साथ कोइलाबास पुगिएको थियो तर त्यहाँ भने त्यस्तो देखिएन । सामान्य २–४ घर सानो बस्ती जङ्गलको बिच (६०००-३) नम्बरको सिमा स्तम्भमा फोटो पनि खिचायौं । त्यहा पुगेपछि स्थानीय र नेपाल प्रहरीहरुसँगको सामान्य छलफल पछि योजना फेरि फरक बन्यो । फर्किएर गढवा हुँदै कालाकाटेबाट अर्घाखाँची फर्किनु भन्दा कोइलाबासबाट भारतको तुल्सीपुर हुँदै कृष्णनगर नाकाबाट अर्घाखाँची फर्कने । अनि भारतको यात्रा सुरु भयो ।

नेपालपट्टि सशस्त्र प्रहरी बल थियो भने भारतपट्टी भारतिय सिमा सुरक्षा बल ९ एस।एस।बी। नेपाल तर्फ सामान्य कुराकानी भयो अनि भारत तर्फका एस एस बी को सुरक्षा भने निकै कडा, प्रत्येकले परिचयपत्र देखाएर झोला तथा सामानहरु तालिम प्राप्त कुकुर मार्फत चेकजाँच गर्दा १० बजिसकेको थियो । अर्को देश अर्को ठाउँ कतै बिचमा समस्या हुने हो कि भन्ने मनमा कता कता डर थियो । त्यसैले हामीले ९एस एस बी० लाई करिव १० पटक सोध्यौ हामीलाई समस्या त हुदैन नि रु उनीहरुको उत्तर सहज थियो हुँदैन ।अझ उनहिरुले हामीलाई तुल्सीपुर बजार नपुगी जाने छोटो बाटो समेत बताईदिए । अब हाम्रो यात्रा अन्तर्राष्ट्रिय भयो । हामी त्यहाँबाट खुसी हुँदै हिंड्यौ । करिव ५ कि ।मि अगाडि आएपछि भन्सार कार्यालयबाट पास समेत बनायौ । अनि त्यसपछि हामी अझ सुरक्षित महसुस गर्यौ । यात्रा निरन्तर अघि बढ्यो ।

बालापुर पुगेपछि खाजा खान गाडी रोकियो । नेपालका भन्दा निकै फरक होटलहरु ,खाजाका प्रकार अनि सरसफाईका त कुरै नगरौं । खाजा खान झर्यौ, खाजाको रुपमा समोस पकौडा अनि छोला खायौं। राम्रोसँग नुन नलागेको चट्नी बढी नुन भएको समोसा र त्यो सानो डिस्पोजल कचौरामा छोला । निकै रमाइलो र यादगार, रमाउँदै खाजा खाएपछि अलि छोटो यात्रा गरौं भनेर भित्रीबाटोको यात्रा तय भयो । गाउँको साँघुरो बाटो साना घरहरु अलि ठूला घरहरुमा पनि फिनिसिङ केही नभएको । अलि ठुला ठुला खेतहरु अनि खेतमा मज्जाले फलेको गहुँ । भारतको उत्पादन प्रबिधी र भारतको कृषि नितिको बिषयमा छलफल गर्दै अगाडी बढ्यौं । केही समयपछि हाइवेमा मिसिन पुग्यो ।हामी हिडिरहेको बाटो, भारतको बाटोको त झन के कुरा गरौं निकै सुन्दर र उत्कृष्ट प्रबिधी ।यी यावत कुराहरु गर्दै बाटो नजिकैको रेलको लिग हेर्दै हामी करिव ११ बजे बढेनी आइपुगिएछ । अब आफ्नै देश आउँदै छ भन्ने लागेर हामी खुसी हुँदै थियौं तर जब हामी नाका नजिकै पुग्यौ तब एक भारतिय ९एस एस बी० ले हाम्रो गाडी रोक्यो ,अग्लो कद, अधबैंसे उमेर, रुखो बोली एक जना सुरक्षा जवान आए । हामीले हाम्रो कुरा हिन्दी र नेपाली मिसाउँदै राख्यौ तर उसले हामीलाई जाने अनुमति दिएन ।

भाषाको महत्त्व बल्ल बुझियो उस्ले हिन्दीमा केही भन्छ हामी बुझ्न चाहिँ बुझ्छौ तर फर्काउन सकिँदैन । करिव आधा घण्टा कुरियो निकै अनुरोध गरियो केही लागेन बरु फर्किएर उही बाटो जाने नत्र गाडी नै सिज गरिदिने धम्की पो दिन थाले। हामीले बनाएको पास त्यो नाकामा मात्र काम लाग्ने भयो । त्यसपछि हामी त्यस कार्यालयको कार्यालय प्रमुखलाई भेट्न पुग्यौ, करिब ५०–५५ बर्षको मान्छे लामो लामो जुँगा , मान्छे देख्दा पनि डर लाग्दो । हामी उ सँग पनि हाम्रोबारे सुनायौ । उ सँग केही समय अनुरोध पछि जान अनुमती दियो । हामी फेरि फर्किएर बाटोमा आयौ तर तल आउँदा सिसि क्यामेरा अनेक कुरा गर्न थाले । कुनै मेसो लागेन हामी निकै थाक्यौ । केही बुझ्न सकिएन । त्यतिकैमा बाटोमा डिउटी बसेकी एक जना महिला सुरक्षाकर्मीले हाम्रो बारे चासो राखिन । हामी सबिस्तार गर्यौ । उनले फेरि यसका लागि कानुनी प्राबधान केही नभएको हुँदा हामी जान सक्ने बताइन् तर अर्को एक जना अधिकृतसँग कुरा गर्न सुझाइन । जुन कुरा आफुले भनेको नभन्न समेत भनिन । हामी झन कन्फ्युज भयौ । कानुनी समस्या कि दुख दिने नियत ?? हामी कुरा गर्न जाँदै थियौ ड्राइभर दाइले नेपालको कृष्णनगर तर्फ होटल व्यवसाय गर्ने एक जना होटल व्यवसायि दाईलाई बोलाउनु भएछ र उहाँ आएर कुरा गर्नु भयो अनि कुरा मिल्यो भारु । ५००० मा त्यति गर्दा करिव १ बजेको थियो । म अचम्म परे । छिमेकी किन यस्ता रहेछ्न रु कसैलाई दुःख दिनु र पैसा कमाउनु मात्र के जिन्दगी हो त ? अनि मान्छेले मान्छेलाई दुःख दिने कस्तो नियत ? हुन त जीवनमा पैसा नै तिरेर ज्ञान लिइराखेको मान्छे हामी, यो ज्ञानको लागि नि पैसा तिरियो भनेर चित्त बुझाउँदै कृष्णनगर आएर खाना खायौं र सुपादेउराली माताको आशिर्वाद लिँदै करिब ६ बजे सन्धिखर्क पुग्यौ ।

प्रतिकृया दिनुहोस्

भानुभक्त मा वि बर्वाेटको अन्तीम मत परिणाम

प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा...

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै, लुम्बिनीमा बिशेष समाराेह हुने

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन...

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ ।...

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ...

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...