News Portal

रेडियो सुन्नुहोस्

समाचारको प्रभाव : श्याम बहादुरको उपचार हुँदै

झुलेनी पोष्ट २०८० चैत ५
१४०२ पटक
२०८० चैत ५

मल्लरानी गाउँपालिका–३ मुन्डाडा खसिनीखर्क स्थित ३८ वर्षिय श्याम बहादुर वि.क वर्षौदेखि उपचारको अभावमा विस्तारामा थलिएर बसेका थिए ।
उनलाई उच्च मधुमेहको समस्या भएपछि घरमै औषधी सेवन गर्दै बसेका थिए तर औषधीको कुनै प्रभाव भने परेन । श्याम दिन प्रतिदिन दुव्लाउदै ख्याउटे वन्दै गएका थिए । उनको बारेमा समाचार संकलन गर्न गत फागुन २५ गते झुलेनी पोष्टका पत्रकार श्यामको घरमा पुगे । साथमा प्यूठान अस्पतालका डाक्टर राजेन्द्र पौडेल पनि श्यामको अवस्था बुझ्न घरमै पुगेका थिए ।


श्यामको मधुमेह अत्यधिक वृद्धि भएका कारण शरिरका विभिन्न भागहरुमा समस्या देखिएपछि मुखबाट खाने औषधीले समेत काम गर्न छोडेको डाक्टर पौडेलले बताए। उनलाई प्यूठान अस्पतालमा लगेर थप उपचार गर्नुपर्ने सल्लाह दिएर डाक्टर पौडेल फर्किएका थिए ।
घरको कमाउने मुख्य व्यक्ति नै अशक्त भएपछि उनकी श्रीमती पैसा कमाउन भारत लागेकी थिइन् । यता श्रीमानलाई रोगले झन झन च्याप्न थालेपछि श्रीमती रुप्सी वि.क स्याहारको लागि घरमा आएको बताउँछिन् ।

श्यामको अवस्थावारे झुलेनी पोष्ट डट कममा समाचार प्रकाशन भएपछि उपचारका लागि सहयोग जुट्न थालेको हो । अहिले श्यामलाई प्यूठान अस्पतालको ६ नं.शैयामा राखेर उपचार भैरहेको छ । बिहिवार उनलाई प्यूठान अस्पतालमा ल्याई मधुमेह जाँच गरी हेर्दा ४ सय भन्दा बढि सुगर देखिएपछि इन्सुलिन दिएर उपचार गरिएको हो । अहिले श्यामको सुगरको अवस्था पहिलेको तुलनामा कम भएतापनि वढ्ने घट्ने क्रम भैरहेकोछ । प्यूठान अस्पतालका फिजिसीयन डाक्टर गोविन्द राउतका अनुसार पुर्ण रुपमा सुगर नियन्त्रण नहँुदासम्म घरमा पठाईने छैन। घरमै इन्सुलिन दिने व्यवस्था मिलाउन सके विरामीलाई सहज हुन्छ ,उनले भने ।
आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर बाहिर आएपछि श्यामको उपचारका लागि देश विदेशबाट सहयोग रकम जुटिरहेको छ ।उनी अहिले बिजुवारमा उपचाररत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...